site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सगरमाथाको काखमा मर्न पाए हुन्थ्यो लाग्यो !
Ghorahi CementGhorahi Cement

सन् १९९८ को अन्त्यतिर पोखरामा गल्फ सुरू भयो । तर मेरो इच्छा थिएन । त्यसपूर्व खेलेको भएर रहर लाग्दो हो । अरू काम छाडेर पनि त्यातिर ध्यान दिइँदो हो । त्यतिबेला व्यापार, व्यवसाय फस्टाउँदो भएकाले होला ध्यान त्यतै केन्द्रित भयो ।

तर साथीहरू गल्फमा खुब इन्जोए गर्थें । भेट्नेबित्तिकै गल्फकै कुरा सुनाउँथे ।

गल्फ प्रकृतिसँग जोडिएको खेल पनि हो । ध्यानमा लिन भएजस्तो, मेडिटेसनमा गएजस्तो एकाग्र बनाउँदो रहेछ ! शान्त बनाउँदो रहेछ ! शौम्य तुल्याउँदो रहेछ । स्फूर्त बनाउँदो रहेछ । साथीहरू सुनाउँथे । सुरूसुरूमा त्यतातिर मन आकर्षित भएन ।
साथीहरूसँग बस्दा, उठ्दा, हिँड्दा यसबारे बिस्तारै चासो बढ्दै गयो ।

Agni Group

गल्फ खेल्न थालेपछि म बेग्लै आकर्षणमा परेँ । गल्फसँग गहिरो नाता जोडेजस्तो भयो । अझ भनौं न परिवारको सदस्यजस्तो । देशको परिस्थिति यही हो । सधैँ अस्थिर । धूमिल । तनाब झेलिरहनुपर्ने । गल्फ मेरो लागि पेनकिलरजस्तो पनि भयो । तनावको मुक्तिको लागि गल्फकै सहारा लिन्थेँ । हुँदाहुँदै लती (एडिक्ट) नै भएँ ।
धेरै साथीहरूले भन्छन् गल्फ महँगो छ । सबैको पहुँच पुग्दैन । यो त सम्भ्रान्त, कुलीन वर्गले खेल्ने खेल हो । हामीले चिताउनुपर्दैन । गल्फबाट परै रहेकाहरूको तर्क हो यो ।

मलाई कहिल्यै यस्तो अनुभूति भएन । म आफैँ मध्यमस्तरको मान्छे । व्यापार व्यवसाय गरेर गुजारा चलाउने मान्छे । गल्फ खेल्न कुनै बाधा भएको छैन ।  हो, सुरूमा सरसामान जुटाउँदा केही महँगो पर्छ नै । तर सधैँभरि भुक्तान गरिरहनुपर्ने होइन । एकपटक किने पुगिहाल्छ ।

Global Ime bank

० ० ०

केही महिनाअघि बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यसँग भेट भयो । केके ठट्टा गरिरहनुहुन्छ । परिहास उहाँको प्रिय स्वभाव । पोखराको स्थानीय पनि । यहाँ आउनेबित्तिकै जर्मन बेकरी आउनुहुन्छ । समय भएसम्म हाँसोठट्टा गरिरहनुहुन्छ ।

त्योबेला पनि केही बेर हाँसो ठट्टा गर्नुभयो । ठट्टैठट्टामा भन्नुभयो– “तपाईंहरूका लागि विशेष प्रस्ताव छ ! खुसीको प्रस्ताव छ !”

“कस्तो प्रस्ताव !” म आश्चर्य भएँ ।

उहाँ बिजनेशमा निकै आइडिया भएको मान्छे । दिमाग उसैगरी घुमाइरहने । त्यस्तै केही होला भन्ठानेँ पनि । अरू बेला भेट हुँदा बिजनेशको पनि कुरा हुन्थ्यो ।

कहाँ हुन्थ्यो !

उहाँले भन्न थाल्नुभयो– “बाह्रखरीले हाइ अल्टिच्युटमा गल्फ खेलाउन लागेको छ । सगरमाथाको काख, कोङ्देमा !”

हिमालकै सेरोफेरो हेर्दै गल्फ खेले पनि, व्यापार व्यवसाय गरे पनि हिमाललाई नजिकबाट अनुभूत गर्ने शौभाग्य पाइएको थिएन । ज्ञानेश्वरजीको प्रस्तावले मलाई पुलकित होइन, आश्चर्यचकित तुल्यायो ।

हिमालकै काखमा गल्फ खेल्ने ! चउर होला त त्यहाँ ! होल होला त ! यावत प्रश्न थिए ।

जे भए पनि ज्ञानेश्वरजीको प्रस्ताव आकर्षक थियो । मलाई त भोलिपल्टै जाउँजस्तो लागेको थियो ।

तर, केही समयपछि हो भन्नुभयो ।

केही महिना त्यस्तै बित्यो । अझ भनौं न छटपटी नै भयो ।

दुई–तीन महिनापछि उहाँले नै थाहा दिनुभयो । दर्ता प्रक्रिया सुरु भएछ । दर्ता गरे । पोखराबाट म र राजु थकाली छानिएछौं । पोखराबाट दुई जना छानिनु र त्यसमा पनि म आफैं पर्नु शौभाग्य नै ठानेँ । त्यसबेलासम्म परिवारलाई भनेको थिइनँ ।

परिवारलाई सुनाउँदा उनीहरूले हुँदैन भन्छन् भन्ने थाहा थियो । हिमालमा हिउँ खेल्न रहर भएर हुँदैन । इच्छा भएर हुँदैन । उमेर बाधक हुन्छ । यहीँ पोखरामा चिसो बढेपछि निस्कन गाह्रो हुन्छ । हातगोडा झम्झमाउँछन् । हिमालमा गएपछि के हुन्छ ? उनीहरूले यस्तै भनेर अत्याउँछन् ।

तर हिमालमा गल्फ खेल्ने मौका दोहोर्‍याउन आउने होइन ।

मनाउन खासै गाह्रो परेन ।

सुरूआती कात्तिकै हामी गल्फका लागि पोखराबाट हिँड्यौं । पोखराबाट काठमाडौं नगइ सीधै कोङ्दे जाउँजस्तो लागेको थियो । तर काठमाडौं नगइ कहाँ सम्भव हुन्थ्यो र !

काठमाडौंबाट संसारकै खतरनाक विमानस्थल लुक्ला जाँदैथ्यौं हामी । तर गल्फको रन्कोले लुक्ला खतरनाक छ भन्ने नै भुलेछौं । जोखिम छ भन्ने पनि भुलेछौं । फर्किएर आउँदैनौं कि भनेर सोच्न पनि भुलेछौं ।

आकाशमा एकदुई ठाउँ प्लेन हल्लियो । घर्‍याकघुरुक गर्‍यो । अहँ मन आत्तिएन ! हिमालको काखमा मर्न पाउनु पनि त शौभाग्य हो ! 

लुक्ला त पुगियो । तर मौसम प्रतिकूल भयो । हिउँको साम्राज्य कुहिराले छपक्कै ढाक्यो । उसै त चिसो झन् चिसो स्याँठ चल्यो । हिमाली क्षेत्रमा पुगेर हिमाल हेर्न नपाइने भयो भनेर मन खिन्न भयो । त्यत्रो रहरले आएको ! अब के गर्ने होला ? के हुन्छ होला ? हिमाल कुहिराले घेरियो । म प्रश्नले ।

निर्धारित ठाउँ कोङ्देमा पुग्न कठिन भयो ।

हेलिकोप्टर चालकले जोखिम मोले । उनले डाँडाको फेदि नै फेदि स्याङ्बोचे पुर्‍याए । ३ हजार ८ सय ८० मिटर उचाइको हिउँको फूलबारी थियो त्यो । अकथनीय । वर्णन गर्ने शब्द नै छैन मसँग । केही बेर गल्फ खेलियो । धेरैबेर हिउँ हेरियो ।

तर हेलिकोप्टर धेरैबेर अड्याउन नपाइने । बढीमा तीन मिनेट अड्याउन मिल्ने रहेछ । अड्याएर राखे इन्जिन स्टार्ट हुँदो रहेनछ । माइनस डिग्री तापक्रममा होस पनि कसरी ।

चालक हतार गर्छन् । आफूलाई फर्कन मन छैन । यहाँ आइपुगिहालियो, यहीँ बसौं प्राण पनि यहीँ बिसाउँ पो लाग्यो मलाई ।

सुरूमा ज्ञानेश्वरले भन्दा मलाई त्यति विश्वास लागेको थिएन । तर विदेशी पत्रकारसहितको समूह, व्यवस्थापनआदिले मलाई निःशब्द तुल्यायो । सगरमाथा क्षेत्रमा त्यत्रा सहभागी, अफिसियल लगेर गल्फ खेलाउन पैसा होइन, मुटु चाहिन्छ ।

नेपाल हिमालको स्वर्ग हो । हिमालको स्वर्गमा जन्मन पाएको, हुर्कन पाएको गर्व थियो । अर्को एउटा पनि थपियो– हिमालको काखमा गल्फ खेल्ने खेलाडी पनि !

म सुगरको रोगी । धेरै च्यापेको त छैन । गल्फ खेलेरै तह लगाइरहेको छु भनौं । त्यत्रो उचाइमा पुगेपछि अक्सिन रेडी राख्नुपर्छ । सकेसम्म टुटाउनुहुँदैन । तर मलाई त्यो हेक्का नै भएनछ ! रमाइलै रमाइलोमा भुलेछु ।

हेलिकोप्टर स्टार्ट नहोला भनेर चाँडै फर्कनुपर्‍यो । नत्र पाँच मिनेट मेडिटेसन गर्न पाइन्थ्यो । के थाहा अर्कोपल्ट बाह्रखरीले नै त्यो अवसर जुराउँछ कि !

यसपटक संसारकै उच्च ठाउँमा गल्फ खेलाएकोमा बाह्रखरीलाई धन्यवाद !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC