site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सरकार  माफियाले चलाए’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस क्षेत्रका जनप्रतिनिधिहरूको सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका छन् । काठमाडौंमा आन्दोलनरत उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष राउतले मधेस क्षेत्रका सांसद, मन्त्रीहरूको घर हेराउ गरेर सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्दी भाषामा शुक्रबार लामो स्टाटस लेख्दै भनेका छन्, “मधेसमा जति पनि जनप्रतिनिधिहरू छन्, सांसद छन्, मन्त्री छन् । कांग्रेस, नेकपा, समाजवादी, राजपा चाहे जुनसुकै पार्टीका होउन्, उनीहरूको घर घेराउ गरेर घर र सम्पत्ति कब्जा गरौं । जुन उनीहरूले जनताको लास बेचेर खरिद गरेका हुन् । समाधान त्यहीँ छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष राउतले चिनी मिलका सञ्चालक कांग्रेसका सांसद रहेका र सरकारको नेतृत्व गरिरहेको नेकपा चिनी मिल मालिक, माफिया र पुँजीपतिसँग बेचिएको आरोपसमेत लगाएका छन् । 

समाजवादी पार्टी १८ महिनासम्म सरकारमा रहे पनि उसले एक पटक पनि किसानका बारेमा केही नबोलेको उनको भनाइ छ । “समाजवादी पार्टी स्वयम् अहिलेसम्म केन्द्र सरकारमा थियो ।

Global Ime bank

तर, पछिल्लो १८ महिनामा उसले एक पटक पनि किसानलाई सम्झिएन,” राउतले लेखेका छन्, “विशेष गरी जनताविरुद्ध जति पनि नीतिहरू ल्याइए, चाहे त्यो लोकसेवा आयोगको विज्ञापनसँग सम्बन्धित होस् वा किसानको भुक्तानी सम्बन्धमा हास् समाजवादी र राजपाले त्यसमा हस्ताक्षर गर्दै गए र बाहिर देखावटी विरोध गरेर जनतालाई उल्लु बनाए ।”

उनले समाजवादी र राजपाका नेताहरू फेरि मन्त्री बन्न काठमाडौंको चिसोमा उखु किसानलाई मर्नका लागि उक्साइरहेको गम्भीर आरोपसमेत लगाएका छन् । “आदेश दिइरहेका छन् कि नांगो भएर प्रदर्शन गर र चिसोमा मर ।

उनीहरू गरिबको लासको प्रतीक्षा गरिरहेका छन्,” अध्यक्ष राउतले लेखेका छन्, “उनीहरू फेरि मन्त्री बन्ने लोभमा कहिले किसान मर्लान् र लास लगेर प्रदर्शन सुरु गरौंला भनेर कुरेर बसेका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC