site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले निर्माण गर्न लागेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । 
प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले यसअघि १५ करोड ६८ लाख रुपैया मुआब्जा बितरण गरेको थियो ।  बिहीबारमात्रै ५ करोड ४२ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको तनहुँका वरिष्ठ सूचनाविज्ञ सचेन गौतमले बताए । उनका अनुसार डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफूल तथा रुखविरुवाको क्षतिपूर्ति बितरण गरिएको हो । आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा वितरण सुरु गरेको थियो । 
सरकारले चालु आर्थिक वर्ष ०७३÷०७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैयाँ बिनियोजन गरेको छ । त्यसमध्ये बिहीबारसम्ममा २१ करोड १० लाख रुपैयाँ बितरण गरिएको हो । 
जलशायबाट डुवान क्षेत्रमा पर्ने करिव १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेछ । यसका लागि करिव ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको बाँध बनेपछि हुने जलशायले तनहुका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ  क्षेत्रका जग्गा डुवानमा पर्नेछन् । 
जग्गा प्राप्ती ऐन २०३४मा भएको व्यवस्था अनुसार तनहँुका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा गत  २३ माघमा २०७३ मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनको डुवान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो । 
मुआब्जाको राय सुझाव दिन गठित उपसमितिले डुवान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका  आधारमा दर तय गरी मुआब्जा निर्धारण समिति समक्ष प्रतिवेदन पेश गरेको थियो । 
यही आधारमा सरोकारवाला, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतसंग छलफल गरी मुआब्जा निर्धारण समितिल प्रति रोपनी २ लाख देखि ८ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो । 
आयोजनाको १४० मिटर अग्लो बाँध व्यास नगरपालिकमा पर्नेछ । आयोजनाको जलशाय बाँधको माथिल्लो तटमा करिव २५ किलोमिटर फैलने छ । काहुशिवपुरको कुनौटेमा भूमिगत विद्युतगृह रहने छ । सेती नदीको दायाँ किनार हुँदै ७.४ मीटर व्यासको १२०३ मीटर सुरुङमार्फत बाँधभन्दा करिव ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पुर्याएर विद्युत उत्पादन गरिनेछ । 
विद्युत गृहमा ७०÷७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । विद्युत् उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिने छ । 
ठेक्कापट्टका सम्पूर्ण काम ०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण ०७९ पुसको दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम)मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । 
अहिले निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सव स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने छ । 
आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख करोड युनिट उत्पादन हुने छ । बढी विजुली माग हुने हिउँदमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने छ । 
आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण सहितको हो । 
आयोजनामा सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड,   जापान अन्तराष्ट्रिय सहयोग नियोगको १८  करोड ४० लाख   र  युरोपेली लगानी बैकको लगानी ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने छ । लगानीकर्तासंग ऋण सम्झौता भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC