site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी अधिकारीलाई डीआईजीको निर्देशन - जवानसँगै खाना खानु, ब्यारेकमा सँगै सुत्‍नु
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले प्रहरी अधिकारीलाई दैनिक एकछाक जवानसँगै खाना खान निर्देशन दिएका छन् । 

उनले हप्तामा एकदिन जवान-हवल्दारको ब्यारेकमै सुत्‍न पनि निर्देशन दिएका हुन् । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा पोखरेलले यस्तो निर्देशन दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी अधिकृतले तल्लो तहका प्रहरी कर्मचारीसँगै खाना खाँदा र हप्तामा एकदिन व्यारेकमा सुत्दा सम्बन्ध बलियो हुने पोखरेललको विश्वास छ । पोखरेलले तल्लो तहका प्रहरीको मनोबल बढाउन यस्तो योजना अघि सारेका हुन् ।

यस्तै पोखरेलले गल्ति गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने बताए । नागरिकलाई गर्ने व्यवहारमा नम्रता, शिष्टता र कानुन प्रयोगमा निर्मम बन्‍न पोखरेलले निर्देशन दिए । पोखरेलले भने, ‘‘कुनै कर्मचारीले व्यक्तिगत स्वार्थ पूरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको पाइए वा आर्थिक अनियमितता गरेको फेला परेमा कारवाहीको दायरमा ल्याउँछु । उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत पनि गर्छु ।’’

Global Ime bank

राजधानीका प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने पोखरेल बताउँछन् । नागरिकको शान्ति-सुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिकसँग गर्ने व्यवहारले प्रहरी बेला-बेला आलोचना हुँदै आएको स्मरण गराउँदै आम नागरिकसँगको व्यवहारमा शिष्टता र नम्रता प्रर्दशन गर्न उनले आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC