site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब चालकले मोबाइल चलाउन नपाउने, जुत्ता लगाउनैपर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अब सार्वजनिक सवारी चलाउने चालकले सवारी गुडाउँदा मोबाइल चलाउन नपाउने भएका छन् । महानगरीय ट्राफिक महाशाखाले मोबाइल चलाउन नपाउने र सवारी चलाउँदा जुत्ता लगाउनुपर्ने निर्णय गरेको हो । सरोकारवाला निकायसँगको छलफलमा सार्वजनिक यातायत सुधारका लागि विभिन्न १९ ओटा बुँदा लागु गर्ने निर्णय भएको महाशाखाका एसएसपी भीम ढकालले बताए ।

महाशाखाका अनुसार सरोकारवाला निकायबीच तोकिएको भाडादर मात्रै लिने, ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने, गाडीको रंगरोगन दुरुस्त राख्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने सहमति भएको छ ।

यस्तै यात्रुलाई चालक÷सहचालकले राम्रो व्यवहार गर्ने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, सवारीसाधनको सरसफाई गर्ने, सवारीमा स्टिकर र झल्लर लगाउन नपाइने सहमति भएको छ । महाशाखाका एसएसपी ढकालले चालक मोबाइल गफिँदा र जुत्ता नलाउँदा खुट्टा चिप्लिएर दुर्घटना हुने सम्भावना रहेको बताए । एसएसपी ढकालले गत बिहीबार सादा पोसाकमा यात्रु भएर सार्वजनिक सवारी साधनको अनुगमन गरेका थिए । उनले सहज र सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी सक्रिय रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC