site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 ऐतिहासिक कथामा उत्तम ‘तान्हाजी’ 
Sarbottam CementSarbottam Cement

आशुतोष गोवारिकरको ऐतिहासिक चलचित्र ‘पानीपत’ पछि निर्देशक ओम राउत ‘तान्हाजी द अनसँग वारियर’ लिएर आएका छन् । ‘पानीपत’ पछि ‘तान्हाजी’ अर्को एउटा ऐतिहासिक चलचित्र हो, जुन मराठा साम्राज्यका शूरवीरलाई भव्य अन्दाजमा प्रस्तुत गर्न सफल बनेको छ । ऐतिहासिक त्यो पनि युद्धको विषयमा बनेका चलचित्रहरू बोझिलो र बोरिङ हुन्छ । तर निर्देशकको खुबी मान्नुपर्छ कि यो चलचित्रमा रोमान्स, थ्रिल, विश्वासघातजस्ता सबै पक्ष समेटिएको छ । यसलाई अझै उत्कृष्ट बनाउने अर्को महत्त्वपूर्ण तत्त्व हो थ्रीडी इफेक्टस् ।

‘तान्हाजी’ इतिहासको त्यो पल हो, जहाँ औरङजेब (ल्युक केनी) पूरै हिन्दुस्तानमा मुगलिया परचम फैलाउने रणनीति बनाउँदै थिए र दक्षिण शिवाजी महाराज आफ्नो स्वराज्यलाई लिएर खाएको कसममा प्रतिबद्ध हुन्छन् ।

इतिहासमा यो युद्ध ४ फेब्रुअरीमा सिंहगढको युद्धको नाममा लेखिएको छ । १७औं शताब्दीमा शिवाजी महाराजको निकट मित्र र जांबाज योद्धा सुबेदार तान्हाजी मालसुरे (अजय देवगन) आफ्नी श्रीमती सावित्रीबाई (काजोल) सहित छोरीको विवाहको तयारीमा व्यस्त छन् । तर उनी यो कुराबाट अनभिज्ञ छन् कि पुरन्दर सन्धिमा कोन्डाना फोर्टसहित २३ किल्ला मुगललाई हस्तान्तरणगरेपछि पनि मुगल सुल्तनतको भोक मेटिँदैन । राजमाता जीजाबाईले कोंडाणाको किल्ला मुगललाई जिम्मा लगाइदिएका थिए, त्यही समय उनले किल्लामा पुनः भगवान् फरफराएसम्म पादुका नलगाउने शपथ लिएका थिए । औंरगजेब आफ्नो खास विश्वासिलो पात्र बर्बर प्यादे उदय भानु राठोर (सैफअली) लाई ठूलो संख्यामा सेना र नागिन नामक तोप लिएर कोंडाणा किल्लाको यात्रामा अघि बढ्न आदेश दिएर मराठा साम्राज्यलाई खतम गर्ने मन बनाइसकेको हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक ओम राउतले चलचित्रमा कथासँगै भीएफएक्समा पनि निकै मिहिनेत गरेका छन् । चलचित्रमा ग्रिपिङ छ । थ्रीडी इफेक्टसमा युद्धको दृश्यहरू हेर्नु कुनै भिजुअल ट्रिटभन्दा कम छैन । जर्मनीका द्वन्द्व निर्देशक रमाजानले मराठाको छापामार युद्ध टेक्निकलाई ध्यानमा राखेर त्यो समयको युद्धको दृश्यको डिजाइन गरेका छन्, जुन निकै रोचक बनेको छ ।
संगीतको पाटोमा पनि अजय अतुल र मेहुल व्यास जस्ता संगीतकारहरू छन् ।

जाबाज योद्धाका रूपमा अजय देवगन निकै फिट देखिएका छन् । काजोलसँग उनको केमेस्ट्री उत्तिकै सुहाएको छ । उदयभानु राठोरको भूमिकामा सैफ अली खान निकै जबरजस्त देखिएका छन् । कति दृश्यमा अजय र सैफको अभिनय एक–अर्कालाई टक्कर दिने खालको छ ।

Global Ime bank

तान्हाजीमा खलपात्र निकै मजबुत देखिएका छन् । सैफले आफ्नो भूमिका निकै सशक्त रूपमा निभाएका छन् ।

अभिनेत्री काजोलले पनि आफ्नो भूमिका निकै इमानदारी साथ निभाएकी छिन् । तर काजोललाई अति धेरै स्पेस दिइनुपर्ने देखिएको छ ।

शिवाजीको भूमिकामा शरद केलकरको शारीरिक बनावटले त्यति न्याय दिन नसके पनि आफ्नो बडी ल्याङ्वेज र अभिनयले उनले आफ्नो भूमिकालाई स्मरणीय बनाएका छन् । 
ऐतिहासिक कथा त्यो पनि थ्रिडीमा मन पराउनेहरूका लागि ‘तान्हाजी’ उत्तम हुने छ ।

० ० ०
कलाकार : अजय देवगन, सैफ अली खान, काजोल, शरद केलकर, नेहा शर्मा पद्मावती राव, शशांक शेडेट
नवभारत टाइम्स रेटिङ ३.५/५
दर्शकको रेटिङ : ३/५
निर्देशक : ओम राउत
चलचित्रको जानरा : इतिहास, ड्रामा
समय : २ घण्टा १५ मिनेट

(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC