site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोबाइलको चार्ज पाँच दिनसम्म टिकाउन सकिने ब्याट्रीको आविस्कार 
Ghorahi CementGhorahi Cement

एजेन्सी । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ किसिमको ब्याट्री निर्माण गरेका छन् जसले कुनै पनि स्मार्टफोनको चार्ज पाँच दिनसम्म टिकाइ राख्न सक्ने र विद्युतिय गाडिलाई १ हजार किलोमिटरसम्म कुद्ने ऊर्जा प्रदान गर्न सक्ने दाबी गरिएको छ । यसरी प्राविधिक क्षेत्रमा यो ब्याट्री प्रयोगमा आए वातावरणमैत्री र प्रभावकारी ऊर्जाको हिसाबले यो उपलब्धी ऐतिहासिक हुने बताइएको छ । यस अनुसन्धानका लागि अष्ट्रेलियाको सरकारले आर्थिक योगदान गरेको थियो । 

मेलबर्नस्थित मोनास युनिभर्सिटीका अनुसन्धान टोलीले बताए अनुसार यो ‘लिथियम–सल्फर’ व्याट्री विश्वकै सबैभन्दा प्रभावशाली रहेको छ र यसले परम्परागत ब्याट्रीको तुलनामा चार गुणा कुशलतापूर्वक काम गर्न सक्छ । यसरी उनीहरु अहिले सो आविस्कारलाई व्यवसायिक रुप दिनमा लागिरहेका छन् र जलवायु परिवर्तन विरुद्धको लडाईमा पनि यसले उल्लेखनीय फाइदा पुर्याउन सक्ने बताएका हुन् । 

Agni Group

हामीले प्रयोग गर्ने प्रायः सबै ब्याट्री लिथियम–आयन ब्याट्री हुन् । यसबीच उच्च ऊर्जा प्रवाह र कुनैपनि डिभाइसलाई लामो समयसम्म पावर दिन सक्ने क्षमताका कारण लिथियम–सल्फरलाई लामो समय अगाडि नै आकर्षक विकल्पका रुपमा लिइएको छ । तर अर्कोतर्फ डिभाइसमा लामो समय ब्याट्री टिकाएपनि लिथियम–सल्फर ब्याट्रीको आयु भने छोटो हुने गरेको छ । अहिले यसलाई केही विमान र कारहरुमा प्रयोग गरिएको छ भने व्यवसायिक रुप दिने यसअघिका सबै प्रयासहरु विफल भएका थिए । 

व्याट्री विद् फ्याराडे इन्स्च्यिुटका अनुसार लिथियम–सल्फर ब्याट्रीको विश्वव्यापी प्रयोगका थुप्रै अवरोधक पक्षहरु छन् जसमा सल्फरको ‘इन्सुलेटिङ’ प्रकृति र ‘मेटालिक लिथियम एनोडको डिग्रेडेसन’ सबैभन्दा ठूला चुनौति हुन् । 

Global Ime bank

जर्नल ‘साइन्स अड्भान्सेस’ मा प्रकाशित यस अध्ययनका अनुसन्धान टोलीले अहिले सल्फर क्याथोडका डिजाइनलाई पुनः परीक्षण गरिरहेका छन् र कूल प्रदर्शनमा गिरावट नल्याइ ठूलो लोड भएका डिभाइसको भार पनि उठाउन सक्ने बनाउनमा काम गरिरहेका छन् । 

अध्ययनका प्रमुख, प्रोफेसर मेनक मजुमदर भन्छन्, “यसमार्फत हामी अष्ट्रेलियाको सवारी बजारमा नयाँ क्रान्ति ल्याउन सक्छौँ भने विश्वसनीय र वातावरणमैत्री ऊर्जा बजार सिर्जना गर्न सक्नेछौँ ।” 

यसले अति प्रभावशाली प्रस्तुतीका साथै एकदम कम खर्चमा निर्माण गर्न सकिने हुनाले पनि यो खोजीलाई महत्वपूर्ण मानिएको उनी बताउँछन् । त्यस्तै यसमा पानीसँग सम्बन्धित प्रक्रिया रहेको हुँदा वातावरणलाई हानि पुर्याउने फोहोर अत्यन्तै कम उत्सर्जन गर्दछ ।   सीएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC