site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
भारत र पाकिस्तानका सेनाबीच भनाभन
Sarbottam CementSarbottam Cement

इश्लामावाद । भारत र पाकिस्तानका सेनाबीच भनाभनको अवस्था सिर्जना भएको छ । भारतीय सेनाका नवनियुक्त प्रमुख मनोज मुकुन्द नरवणेले संसदले भनेमा पाकिस्तान शासित काश्मीर नियन्त्रणमा लिन सेनाले कदम चाल्न सक्ने बताएपछि पाकिस्तानी सेनाले त्यसमा आपत्ति जनाएको छ । 

पाकिस्तानी सेनाका प्रवक्ताले भनेका छन्,‘‘भारतीय आर्मी चिफले लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेर सैन्य कारवाही गर्ने भनाइ उनको नियमित बयानबाजीको हिस्सा हो । ताकि देशमा चलिरहेको आन्तरिक उथलपुथलबाट मानिसको ध्यान हटाउन सकियोस् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

ट्विट गर्दै पाकिस्तानी सेनाका प्रवक्ताले भनेका छन्,‘‘पाकिस्तानको सेना कुनै पनि किसिमको भारतीय आक्रमणको जवाफ दिन पूरा हिसाबले तयार छ ।’’

यसअघि भारतीय सेनाका प्रमुख नरवण्ोले शनिबार नयाँ दिल्लीमा आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका थिए,‘‘भारतीय संसदले यदि पाकिस्तान अधिनस्थ काश्मीर पनि भारतमा चाहन्छ र हामीलाई यसबारेमा कुनै आदेश आउँछ भने हामी उचित कारवाही गर्नेछौं ।’’ (बीबीसीबाट)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC