site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली–प्रचण्ड पुन: ‘द्वन्द्व’ !
Sarbottam CementSarbottam Cement

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत मंसिर २९ देखि पुस ६ गतेसम्म चलेको चौथो स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्ड खुलेरै आत्मालोचित भए । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलोपटक बसालेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले ‘आत्मभर्त्सना’ नै गरेको भन्दै स्थायी कमिटी सदस्यको मन जिते पनि ।

पार्टी एकता पूर्ण हुन नसकेको । पार्टी संस्थागत हुन नसकेको । प्रचार, प्रशिक्षण, स्कुलिङ हुन नसकेको । विभिन्न प्रकारका गुटबन्दी, समूहबन्दी, अनुशासनहीन प्रवृत्ति झाँगिन थालेको । पार्टीको निर्णय लागु हुन नसक्ने अवस्थाबाट कम्युनिस्ट आन्दोलन गुज्रिएको र पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिन थालेको भन्दै उनले प्रतिवेदनमा आत्मालोचनाका शब्द खर्चिएका थिए ।

पार्टीको नेतृत्व तहबाटै भएको यसप्रकारको आत्मालोचनापछि पार्टी शुद्धीकरणको दिशामा अघि बढेको स्थायी कमिटी सदस्यले विश्वास लिएका थिए । अझ वरिष्ठ नेता माधव नेपालले प्रतिवेदनमै ‘आफूले एकतापछि उठाउँदै आएका विधि, पद्धतिका कुरा समेटिएको’ भन्दै खुसी पनि व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रचण्डको आत्मस्वीकारोक्ति–भर्त्सना दीर्घजीवी भने बन्न पाएन । पार्टी संस्थागत ढंगले चलेन भन्ने प्रचण्ड आफैंले गत बुधबार साँझ भैंसेपाटीस्थित वामदेव गौतमनिवासमा गुट भेलाको आयोजना गरे । विधि, पद्धति र प्रक्रियाका कुरा उठाउने झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गौतम गुटबन्दीको साक्षी बसे । गौतमसँगै साँध जोडिएका महासचिव विष्णु पौडेललाई भेलाबारे सुइँको नदिएपछि प्रचण्ड ‘नियत’ को पर्दाफास भएको बालुवाटार स्रोत बताउँछ ।

“आफैं गुटबन्दी भयो, पार्टी संस्थागत भएन भन्दै प्रतिवेदनमा साखुल्ले पल्टने ! पार्टीलाई थाहा, पत्तो नदिइ अमुक–अमुक नेताका घरमा भेला भएर अर्का अध्यक्षविरुद्ध मोर्चा कस्ने ! अहिले नेकपाभित्रको मुख्य समस्या यही प्रचण्ड–प्रवृत्ति हो,” प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीसँगको कुराकानीमा आक्रोश पोख्यो । प्रचण्डले आफूविरुद्ध मोर्चाबन्दी कसेको र समूहबन्दीलाई प्रश्रय दिएको भन्दै अहिले नेकपाभित्र कलह चुलिएको छ । अध्यक्षद्वय ओली–प्रचण्ड पुनः आमनेसामने भएका छन् ।

Global Ime bank

“हिजो आफूलाई भूमिकाविहीन बनाइयो । निर्णयको साक्षी मात्रै बस्नुपर्‍यो भनेर एकता भएको दोस्रो दिनदेखि नै गनगन गरेपछि र हरेक निर्णयमा अप्ठ्यारो पार्न थालेपछि दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरिएको हो । अहिले कार्यकारीको अख्तियारी पाएपछि पनि के–को गुटबन्दी ? कसलाई तमासा देखाउन समूहबन्दी ?” बालुवाटार स्रोत थप आक्रोशित हुन्छ ।

प्रचण्ड र ओलीको यही झगडा सभामुख चयनमा प्रतिध्वनित भएको छ । र, शिवमाया तुम्बाहाङ्फेलाई ‘तगारो’ बनाइएको छ ।

नेकपाका दुई अध्यक्षको अन्तरकलहले जनताको आवाजको थलो बन्धक बनाएको छ । सरकारले एकपछि अर्को विवादास्पद र संविधानले नै प्रत्याभूत गरेको हक–अधिकार हनन् हुनेगरी कानुन मस्यौदा गरेको छ । संसदमा दर्ता गरिएका–विचाराधीन सूचना प्रविधि, राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आदिमा स्वतन्त्र आलोचना, टिका–टिप्पणी भइरहेको छ । दफा–दफामा छलफल गरी निचोडमा पुग्नुपर्नेछ ।

संसदीय मर्यादा, गरिमालाई आँच पुग्न नदिन र मूल्यलाई पछ्याउने हो भने सदनको काम–कारबाही एकदिन पनि पर धकेल्न मिल्दैन । हिउँदे अधिवेशन सुरु भएयता संसद बैठक सुरु हुन सकेको छैन । तीनपटक बिनाकारण सूचना टाँसेर स्थगित गरिएको छ । नेकपाका दुई नेताको स्वार्थ बाझिँदा त्यसको मार सार्वभौम संसद्ले खेप्न परेको भन्दै नेकपाकै नेताहरू नै रुष्ट छन् ।

आफ्नै निर्णयको चेपुवामा प्रचण्ड
शनिबार साँझ बसेको पार्टी सचिवालय बैठकले दुईवटा निर्णय गर्‍यो । नेकपाले सभामुखमा उमेदवारी दिने । शिवमायालाई उपसभामुखबाट राजीनामा दिन आग्रह गर्ने । शिवमायाको राजीनामाबेगर नेकपाले सभामुखमा उमेदवारी दिन संवैधानिक अड्चन छ ।

उपसभामुखले राजीनामा दिनुपर्ने कारण माग गर्दै पार्टी सचिवालयको निर्णयमाथि प्रश्न उठाएपछि प्रचण्ड आफू पेलानमा परेको महसुस गरेका हुन् । निर्वाचन आयोगलाई पत्र लेखेर समानुपातिकको सूचीबाट नाम फिर्ता लिने, महाभियोग लगाउने विकल्प सुरक्षित छन् । तर, त्यो निर्णयमा प्रचण्ड एक्लै पुग्न सक्दैनन् । ओलीलाई साथ लिनै पर्छ । तर पहिलो विकल्पका केही संवैधानिक अड्चन भने नभएका होइनन् । 

नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल आफ्नै तागतमा मात्रै पार्टी निर्णयविरुद्ध शिवमाया नउभिएको तर्क गर्छन् । “उहाँलाई आड दिइएको छ । कसले आड दिइरहेको छ, त्यो उहाँले बुझ्ने, जान्ने र भन्ने कुरा हो,” उनी यतिमात्रै भन्छन् । तर, शिवमायासँग राजीनामाको विकल्प नभएको गजुरेल बताउँछन् ।

“जसले आफूलाई निर्वाचित गराएको हो, उसलाई प्रश्नै गर्न नपाउने भन्ने हुँदैन । अडान पनि राख्न पाइन्छ । हिजो प्रदेश ३ को राजधानी हेटौंडा हुनुहुँदैन । हामी मान्दैनौं भन्नेहरू पनि हुनुहुन्थ्यो । अन्तिममा पार्टी निर्णय मान्नुभयो । शिवमायाले पनि मान्नुहुन्छ,” उनले उदाहरण दिए । पूर्वएमालेले पूर्वमाओवादी केन्द्रकै भागमा रहेको सभामुखमा बखेडा झिक्न नहुने उनको तर्क छ ।

“अहिले केही मान्छे सभामुखमा पूर्वमाओवादी केन्द्रले अडान राखेको जस्तो कुरा गरेको सुन्छु । सभामुखमा पूर्वमाओवादी केन्द्रले अडान राख्नुपर्दैन । स्वाभाविक रूपमा पाउने कुरा हो । कसैले पार्टी एकता भएपछि भागबन्डा सकियो भन्नेजस्ता तर्क पनि गरेका छन् । उसो भए किन दुई अध्यक्षको कार्यविभाजन गरी एउटालाई पार्टीको जिम्मा, अर्कोलाई सरकारको जिम्मा दिएको ?” उनी प्रश्न गर्दैै भन्छन्, “आगामी महाधिवेशनसम्म भागबन्डा कायमै रहन्छ । पार्टी, सरकार र हरेक राजकीय निकायमा पार्टी एकताअघिको सर्त लागु हुन्छन् ।”

हरिबोलले सहज तर्क गरे पनि शिवमायाको अडान संवैधानिक र सैद्धान्तिक रूपमा भने सही देखिन्छ ।

नेकपाको सभामुख पद थमौती गर्नबाहेक उनले राजीनामा दिनुपर्ने कुनै मूर्त कारण देखिँदैन ।

स्थायी कमिटी सदस्य मणिचन्द्र थापा पनि यही तर्क गर्छन् । 

“संवैधानिक हिसाबले शिवमायाको अडान गलत छैन । तर शिवमायाको अडान संविधान, कानुनको जगमा मात्र उभिएको छैन, भित्र अर्कै खिचडी पाकिरहेको छ । उहाँको अडानले उहाँले नै प्रतिनिधित्व गरेको पार्टीको निर्णयलाई अप्ठ्यारो पारेको छ,” उनी भन्छन् ।

अहिले शिवमायाको अडान संवैधानिक रूपले सही हुँदा कार्यकारी अध्यक्ष प्रचण्ड निरीह बनेका छन् । शिवमायाको अडानको तागत बालुवाटार रहेको पूर्वमाओवादी केन्द्रको बुझाइ छ ।

तर, ओलीविरुद्ध प्रचण्डको मोर्चाबन्दीले नै समस्या सिर्जना गरेको भन्दै बालुवाटार स्रोत प्रतिवाद गर्छ । “दुई अध्यक्ष बसेर सहज रूपमा टुङ्ग्याउनुपर्ने कुरा हो यो । यति धेरै गिजोल्नु हुँदैनथ्यो । तर कार्यकारीज्यू (प्रचण्ड) ले कहिले नारायणकाजी श्रेष्ठ र कहिले देव गुरुङको मुखबाट उपसभामुख बाधक रहेको निष्कर्ष निकाल्न लगाउनुभयो, यसैले अफ्ठ्यारोमा पार्‍यो,” ओलीनिकट स्रोतको दाबी छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पनि शिवमायासँग राजीनामा गर्नुको विकल्प नरहेको बताउँदै आएका छन् । “सभामुखको उमेदवार तोक, मलाई नै बनाऊ अनि मात्रै राजीनामा दिन्छु भनेर उहाँले पार्टीलाई आदेश दिन मिल्दैन । पार्टीले उपसभामुख जिताएको र भोलि पनि त्यही पार्टीमा काम गर्नुपर्ने भएकाले उहाँको दायित्व पार्टी निर्णय निःसर्त पालना गर्ने हो । निःसर्त कार्यान्वयन गर्ने हो । संविधान पल्टाएर देखाउने होइन,” नेपालनिकट स्रोतले बाह्रखरीसँग भन्यो ।

“पार्टी निर्णय अवज्ञा गरे उहाँलाई समानुपातिकको सूचीबाट हटाउने विकल्प पार्टीसँग छ । त्यहाँसम्म पुग्नुअगावै उहाँले राजीनामा दिएर सहज निकास दिनु उत्तम हुनेछ,” नेपालनिकट स्रोत विकल्प सुझाउँछ । प्रधानमन्त्री ओली गुटबाट सभामुखको पद फुत्कन नपाओस् भनेर शिवमायाले अडानको तगारो तेर्स्याएको नेता नेपालनिकट स्रोत बताउँछ । खनालको निष्कर्ष पनि त्यही छ । बाह्रखरीसँग कुराकानी गर्दै उनले शिवमायालाई पार्टी निर्णय मान्न सुझाए । “पार्टीको निर्णयलाई कसैले च्यालेन्ज गर्न मिल्दैन । च्यालेन्ज दिनेहरू आफैं किनारा लाग्छन्,” उनी चेतावनीको भाषा बोल्छन् ।

ओली–प्रचण्ड दुवै असफल !
सभामुख प्रकरण गिजोलिँदा पूर्वमाओवादीनिकट नेताहरू पनि क्रूद्ध बनेका छन् । ओली र प्रचण्डको व्यक्तिगत स्वार्थले संसद्, संसदीय परम्परा, मूल्य–मान्यता, विधि, पद्धति सबै बन्धक र निरीह बनेको उनीहरूको तर्क छ ।

“अहिले दुई पार्टी एक त भयो तर नेकपा (ओली) र नेकपा (प्रचण्ड) कायम छ । उहाँहरूबीच कुरा मिलेको छैन । सभामुख प्रकरणको गाँठो नफुक्नुका पछाडि यही कारण हो,” एक स्थायी कमिटी सदस्य भन्छन्, “शिवमायाको अडान पछाडिको बल भनेको प्रधानमन्त्रीज्यू नै हो । उहाँले राजीनामा दिनु नभन्दासम्म शिवमायाले संवैधानिक हिसाबले आफ्नो अडान सत्य साबित गराइरहनुहुन्छ ।” अहिले देखिएको संवैधानिक सङ्कटको मुख्य कारण पनि ओली–प्रचण्ड नै भएको उनको निष्कर्ष छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC