site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी म्यागेजिन ‘गल्फ डाइजेस्ट’ द्वारा संसारकै सबैभन्दा उचाइमा खेलिएको एनसेल बाह्रखरी गल्फलाई मान्यता 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाह्रखरी मिडियाले गत कार्तिक ३ गते आयोजना गरेको एनसेल बाह्रखरी गल्फ प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो गल्फ म्यागेजिन गल्फ डाइजेस्टले मान्यता दिँदै ठूलो समाचार बनाएको छ । विश्वमै धनीहरूको खेल मानिएको गल्फको सबैभन्दा चर्चित पत्रिकाले नेपाललाई दिएको यस महत्वले नेपाल भ्रमण वर्ष २०२०लाई ठूलो सहयोग गर्ने विश्वास लिइएको छ ।

सो पत्रिकाको सेन्टर फोल्डको ८ पेजमा विस्तृत रुपमा दिइएको सो सामग्री पत्रकार ओलिभर हरोविट्जले तयार पारेका हुन् । सो प्रतियोगिताको समाचार बनाउनका लागि लेखक अमेरिकाबाट नेपाल आएका थिए । 

डिस्कभरी प्रकाशक रहेको सो मासिक म्यागेजिनको प्रिन्ट १७ लाख रहेको जनाइएको छ । त्यसको प्रकाशन सन् १९५० देखि अमेरिकाको न्यूयोर्कबाट नियमित रुपमा भइरहेको छ ।

Agni Group

नेपालबारेको सो सामग्रीको शीर्षक दिइएको छ– ‘अ वाइल्ड ट्रिप टु नेपाल फर द वर्ल्डस हाइएस्ट गल्फ टुर्नामेन्ट’ ।  त्यस्तै कभर पेजमा शीर्षक छ– ‘टी टाइम एट १३,९४३ फीट ।’

लेखकले आफ्नो लेखनको सुरुवात यसरी गरेका छन्, ‘‘न्यूयोर्कको वाशिङटन स्क्वायर पार्कमा रहेको बेलामा ७,५२२ माइल टाढा नेपालबाट मैले ह्वाट्स एप कल पाएँ । ‘‘ओल्ली, हाउ आर यु ?’’ मैले भने, ‘‘दीपक मलाई ठीक छ । तिम्रो के छ ?’’

Global Ime bank

‘‘दीपक भनेको दीपक आचार्य जो गोकर्ण फरेस्ट रिसोर्टका गल्फ सम्बन्धी फोन्जी लेभल कुल सिनियर डाइरेक्टर हुन् ।’’ 

उनले कस्को फोन थियो भनेर परिचय दिँदै बाह्रखरी गल्फ प्रतियोगिताबारेको समाचार सुरुवात गरेका छन् ।

दीपकले उनलाई भनेछन्, ‘‘सुन ओल्ली मैले केही उत्साहवद्र्धक समाचार पाएको छु । चाँडै नै नेपालमा एउटा ठूलो गल्फ इभेन्ट हुन गइरहेको छ । जुन विश्वकै सबैभन्दा ठूलो गल्फ टुर्नामेन्ट हो ।’’ 

‘‘मैले मेरो कफी राखेँ र दीपकलाई सोधेँ पर्ख, के रे ?’’ उनले सोधेछन् । 

उनले कुराकानी खुलाउँदै आलेखमा लेखेका छन् ।  दीपकले निरन्तर भने, ‘‘यो कोङ्गदे रि मा खेलिनेछ । त्यो १४ हजार फिटको उचाइमा रहेको छ । हामी हेलिकोप्टरबाट जाँदैछौं ।’’ 

केहीबेर दीपक रोकिए र मुख्य विषयमा आए, ‘‘मलाई लाग्छ, तिमी यहाँ आउनुपर्छ ।’’ 

उनी त्यसपछि डा. हाकेटसँग स्वास्थ्य सम्बन्धी सरसल्लाह गरेर अमेरिकाको म्यानहट्टनबाट इस्तानबुल हुँदै ३१ घण्टाको उडानमा काठमाडौं पुगेको आफ्नो आलेखमा चर्चा गरेका छन् ।

त्यसपछि उनी काठमाडौं आएको २४ घण्टा नकट्दै सगरमाथा क्षेत्रतर्फ लागेकोसमेत आलेखमा चर्चा गरेका छन् ।

उनले त्यसमा उल्लेख गरेअनुसार उनी सन् २०१६ को अप्रिलमा साथीहरु माइल्स र भ्लाडसँग नेपाल आएका थिए । सगरमाथा आधार शिविरमा ट्रेकिङ्ग गएपछि नेपालको थोरै मात्रै जानकारी भएको गल्फ सिनको बारेमा उनले लेख पनि लेखेको त्यसमा चर्चा गरेका छन् ।  

उनले त्यतिबेला रोयल गल्फ क्लबमा कलिलो उमेरकी गल्फर प्रतिमा शेर्पालाई भेटेको चर्चा गर्दै नेपालको गल्फ सम्बन्धमा चर्चा गरेका छन् । 

‘‘त्यतिबेला उनी १६ वर्षकी थिइन् । उनी नेपालको नम्बर १ महिला गल्फर हुन् । मैले यो म्यागेजिनमा उनको बारेमा लेखे । उनी अहिले शान्ता बार्बरा सिटी कलेज क्यालिफोर्नियामा छिन्,’’ उनले लेखेका छन् । 

त्यो समयदेखि आफ्नो नेपालप्रति निकै लगाव बढेको उनले चर्चा गरेका छन् । 

यहाँका स्नेही र आश्चर्यलाग्दा जनताका कारणले पनि लगाव बढेको उनको भनाइ रहेको छ । 

अहिले नेपालमा उनका  अवकाश प्राप्त गोरखा मेजरहरु र पर्वतारोही शेर्पाहरु पनि साथी रहेको चर्चा गरेका छन् । 

‘‘नेपालका गल्फ प्रोफेसनलहरू साथी छन् । सगरमाथाको देशमा जान मलाई कुनै पनि बेला छूट थियो,’’ उनले भनेका छन् ।

आलेखमा उनले आफूसँगै गएका साथीहरु, आयोजक, तारा एयर र आर्मीको हेलिकप्टर जस्ता कुराहरूको पनि संस्मरण गरेका छन् । उनले हेलिकप्टर दुर्घटनामा परेका पर्यटन व्यवसायी आङ्गछिरिङ्ग शेर्पाको पनि चर्चा गरेका छन् । समग्रमा उनले सो गल्फ प्रतियोगिताको सरहाना गरेका छन् ।

कस्तो पर्ला यसको असर  ?
 

सो म्यागेजिनको बारेमा जानकार केही व्यक्तित्वसँग बाह्रखरीले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीका मुख्य अंशः

सुहृद घिमिरे– अध्यक्ष– गोकर्ण गल्फ 

सो म्यागेजिनमा नेपालको सामग्री आएको बारेमा मैले पनि जानकारी पाएँ ।

सो म्यागेजिन गल्फ सम्बन्धी विश्व चर्चित म्यागेजिन हो । त्यसैले त्यहाँ आउने सामग्रीले नेपालको गल्फ र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छु । 

विकास राणा– गल्फर

सगरमाथा क्षेत्रमा त्यसरी गल्फ हुन सक्नुनै आफैंमा महत्वपूर्ण कुरा हो । त्यहाँको इभेन्टको बारेमा विश्वभरीका गल्फरहरुले हेर्ने म्यागेजिनमा सामग्री प्रकाशित हुनु भनेको नेपालको लागि निकै राम्रो कुरा हो । 

त्यसले समग्रमा मुलुकको पर्यटन प्रवद्र्धनका लागि मद्धत गर्ने त छँदैछ । गल्फ डाइजेस्टमा नेपाल सम्बन्धी सामग्री प्रकाशित भएकोमा खुसी लागेको छ ।

दीपक आचार्य– सिनियर डाइरेक्टर, गोकर्ण गल्फ रिसोर्ट

गल्फ सम्बन्धी चासो राख्ने सबैले यो म्यागेजिन पढ्ने गरेका छन् । त्यो म्यागेजिन १७ लाख कपी छापिने र अनलाइन संस्करण पनि भएकोले त्यसको विश्वव्यापी नै प्रभाव पर्छ । 

त्यसले हाम्रो पर्यटन प्रवद्र्धनका लागि निकै मद्धत गर्ने ठानेका छौँ ।

१५ वर्षअघि सो म्यागेजिनमा २ पेज नेपालको गल्फको बारेमा आएकोमा यसपालि ६ पेज आएको छ । यो निकै महत्वपूर्ण छ । विश्वभरीकै गल्फरहरुको ध्यान यसले आकर्षित गर्ने हामीले ठानेका छौं ।

महेन्द्रकान्त मैनाली– अधिवक्ता तथा गल्फर

मैले पनि सो पत्रिकाको अनलाइन संस्करण हेरेँ । निकै राम्रोसँग दिएको रहेछ । 

लेखक आफै गल्फर रहेको र यो खेलका विषयमा नियमित रुपमा लेख्ने व्यक्ति हुन् । उनले टिभी शो पनि चलाउने गरेका छन् । 

विश्व चर्चित सो म्यागेजिनमा नेपालको बारेमा सामग्री आएकोमा खुसी लागेको छ । यसले हाम्रो देशको पर्यटन प्रवद्र्धन गर्नका लागि निकै मद्धत पुग्नेछ ।

भाइराजा पाण्डे– गल्फर 

गल्फ डाइजेस्टमा यसरी नेपालको बारेमा सामग्री प्रकाशित हुनु निकै राम्रो कुरा हो । 

विश्वका धनी मानिसहरुले यो म्यागेजिन पढ्छन् । गल्फको लागि नेपालमा विकास गर्नका लागि पनि यसले मद्धत गर्छ । धनी पर्यटकहरु नेपाल भित्र्याउन यसले मद्धत गर्छ । 

हामीकहाँ अहिले आउने पर्यटकहरु भनेको ५ डलर खर्च गर्ने खालका हुन्छन् । तर, गल्फ खेल्ने पर्यटक भनेका धनी पर्यटक हुन् । 

त्यसैले यो क्षेत्रको विकास र समग्रमा पर्यटनको विकासमा पनि यसले मद्धत गर्दछ । 

जस्तो अहिले थाइल्यान्डले धनी पर्यटक ल्याउन सक्नुको कारण गल्फ नै हो । 

थाइल्यान्डमा गल्फ खेल्नका लागि खास गरी जापानका मानिसहरु आउने गर्छन् । उनीहरु शुक्रबार आउँछन् तथा शनिबार र आइतबार गल्फ खेलेर सोमबार स्वदेश फर्किने गरेका छन् । 

नेपाल झन् वातावरण, मौसम हरेक हिसाबले अनुकूल भएकोले यो क्षेत्रमा राम्रो गर्न सकिने सम्भावना हुन्छ । 

त्यसैले गल्फ डाइजेस्टमा नेपाल सम्बन्धी सामग्री प्रकाशित हुनु धेरै राम्रो कुरा हो । 

रवीन्द्रमान श्रेष्ठ–गल्फर

गल्फ सम्बन्धी सामग्री निस्कनु भनेको युरोप अमेरिकामा नेपालको राम्रो प्रचार हुनु हो । यसले सकारात्मक असर गर्नेछ । गल्फको मात्रै होइन समग्र पर्यटन क्षेत्रको विकासमा यसले मद्धत गर्ने विश्वास गर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC