site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काश्मीरको हिम पहिरोमा ५५ पाकिस्तानीको मृत्यु 
Ghorahi CementGhorahi Cement

इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरमा हिम पहिरोमा परी ५५ पाकिस्तानी सेनाको मृत्यु भएको छ भने अन्य केही बेपत्ता भएका छन् ।

दुई पाकिस्तानी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले मंगलबार निलुक उपत्यक्षका क्षेत्रका केही स्थानीय फसिरहेको जनाएको छ। त्यहाँ भारी वर्षाका कारण पनि हिम पहिरो बढ्ने सम्भावना रहेको अलजजिराले जनाएको छ । 

Agni Group

बेपत्ता भएका अधिकांश मानिसहको मृत्यु भएको हुनसक्ने जनाइएको छ । पाकिस्तानी अधिकारीका अनुसार उद्धार जारी छ र हिम पहिरोमा फसिरहेका स्थानीयसम्म पुग्‍ने प्रयासह भइरहेको जनाइएको छ । 
हिम पहिरो, बाढी, अत्यधिक चिसोका कारण पाकिस्तान र छिमेकी अफगानिस्तानमा ११० जनाको मृत्यु भइसकेको छ । 

पाकिस्तानमा मात्र ७५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते छन् । त्यसैगरी अफगानिस्तानमा मात्र ३९ जनाको मृत्यु भएको छ । 
मौसम पूर्वानुमान विभागले चिसो अझै बढ्ने अनुमान गरेको छ । 

Global Ime bank

विभिन्‍न ठाउँमा गएको हिम पहिरोमा परी छिमेकी भारतमा १० जनाको मृत्यु भएको छ । भारतीय उच्च प्रहरी अधिकारीका अनुसार भारत प्रशासित काश्मीरको सीमा क्षेत्रमा गएको हिम पहिरोमा पाँच जवानको मृत्यु भएको छ । 

सन् २०१२ मा उक्त क्षेत्रमा गएको हिम पहिरोमा परी पाकिस्तानी बटालियन हेडक्वार्टर नै पुरिँदा १२४ सेना र ११ सर्वसाधारणको मृत्यु भएको थियो । 

सन् १९४७ को स्वतन्त्रतादेखि काश्मीर भारत र पाकिस्तान गरी दुई भागमा विभाजन गरिएको छ । दशकौंदेखि उक्त क्षेत्र आफ्नो दाबी गर्दै दुवै देशबीच तनाव चलिरहेको छ । उक्त क्षेत्रमा हालसम्म हजारौंले ज्यानसमेत गुमाइसकेका छन् । 

काश्मीर विश्वकै अत्यधिक युद्धग्रस्त क्षेत्रका रुपमा मानिन्छ । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC