site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन आवश्यक छ स्ववियु निर्वाचन ?

भावी नेता जन्माउने नर्सरीका रूपमा हेरिने विद्यार्थी संगठनमा क्रियाशील युवाले विश्वविद्यालयका प्राध्यापकहरू सँग आँखामा आँखा जुधाएर बौद्धिक विमर्श गर्ने ल्याकत राख्छन् कि राख्दैनन् ? यो आज मूल प्रश्न बनेको छ। यो प्रश्न अहं बन्नुका कारण छन् । हाम्रा विश्वविद्यालयहरूले उत्पादन गरेको ज्ञान, जनशक्ति र विश्वविद्यालयको साखमाथि उठेका प्रश्न अब छोपेर छोपिने स्थिति रहेन । राज्यका संयन्त्रहरूले एक वा अनेक तबरले विश्वविद्यालय र विद्यालयमाथि नियन्त्रण गरिराखेका छन् । यस्तो परिवेशमा मूक दर्शक विद्यार्थी नेता र तिनको भिड निर्माण गर्नु राजनीतिक पार्टीले शैक्षिक विषयमा चासो छैन भनेर जनतार भावी पुस्तालाई दिएको घुमाउरो सन्देश हो । 

गत निर्वाचनकालागि कार्यगत एकतापछि पार्टी एकीकरण नै गरेका तत्कालीन माओवादी र एमालेका विद्यार्थी संगठनबीच पनि एकता पछि भर्खरै ‘जम्बो’ कन्द्रीय समिति गठन भएको छ । लोकतान्त्रिक विचारधारा बोक्ने युवा विद्यार्थी हुनुको नाताले हामी हिँडेकै प्रजातन्त्रको बाटोमा आइपुगेकाले उनीहरूलाई थप प्रोत्साहित गर्न र यस व्यवस्थामै टिकाइराख्न पनि शुभकामना दिइनुपर्छ । उसो त फरक विचारको अस्तित्व पनि सहजै स्वीकार्ने हाम्रो दर्शन नै पनि हो । 

अब आफ्नै संगठनतर्फ फर्कौं । नेपाल विद्यार्थी संघको कन्द्रीय समिति रिक्त छ । नेविसंघ गठनको विषयमा नेतृत्वबीच मतभेद भएकै कारण पार्टी भित्रै विवाद बढेको खबर सार्वजनिक भएका छन् । फरक कित्तामा रहेका दुई संगठन एक भइसक्दा एउटै पार्टीभित्र नेताहरूको मनभिन्नताले नेविसंघ अनिर्णयको बन्दी बनिरहनु सुहाउँदो हुँदैन । नबनाइयोस् ! 
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने भनिसकेको छ । यद्यपित्यो कति प्रभावकारी हुनेछ भन्ने आशंका भने कायम नै छ । त्रिभुवन विश्वविद्यालयले मुख्यगरी कसको लागि स्ववियु निर्वाचन गर्ने लक्ष्य राखेको हो ? त्यसको स्पष्ट व्याख्या जरुरी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्ववियु निर्वाचनको आयतनका बारेमा पनि छलफल गर्नुपर्ने भएको छ । स्ववियुको अनिवार्यता के कति हो भन्नेबारे संगठनहरू, क्याम्पस, अभिभावकहरूबीचको त्रिपक्षीय बहसको थालनी गर्नुपर्ने अवस्था छ । 

सानो उदाहरण हेरौँ, गुणात्मक विषय छोड्ने हो भने पनि संख्यात्मक हिसाबमा पछिल्लो समय कति क्याम्पसमा निर्वाचन भयो ? अझै, कुनै क्याम्पसमा अदालतको आदेश माथि टेकेर निर्वाचन गराउनु परेको थियो ! बाँकी क्याम्पसमा किन निर्वाचन भएन ? यो रोजाइ थियो  या बाध्यता ? यही प्रवृत्तिको पुनरावृत्ति हुने हो र विद्यार्थी संगठनहरूको मौन कायमै रहने हो भने एउटा प्रश्न उठ्छ –स्ववियुका वास्तविक सरोकारवालाको को हुन् ?

Global Ime bank

नेपालका ११ वटा विश्वविद्यालय र ४ वटा प्रतिष्ठानहरू मध्ये त्रिभुवन विश्वविद्यालयले मात्र निर्वाचन घोषणा गरेको छ । बाँकी संस्थाहरूमा कहिले र कुन आकारमा स्ववियु निर्वाचन हुनेछ ? निर्वाचनको एक रुपताबारे किन नियामक निकायले कुनै ठोस प्रस्ताव अगाडि बढाएको छैन ? कि स्ववियु कहीँ भए पनि हुने र कहीँ नभए पनि हुने संस्था हो ? त्यसो हो भने नेपालका उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीप्रति शिक्षा मन्त्रालय स्वयंले विभेद गरेको ठहरिनेछ ।

विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको २०७४ सालको तथ्यांक अनुसार ३ लाख ६१ हजार ०७७ विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए । तीमध्ये सामुदायिक क्याम्पसमा १ लाख १० हजार ८९५, आंगिक क्याम्पसमा १ लाख २१ हजार ७७२, निजी क्याम्पसमा १ लाख २८ हजार ४१० विद्यार्थी भर्ना भए । त्रिभुवन विश्वविद्यालयमा मात्रै  ७८ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । त्रिविअन्तर्गत सामुदायिक क्याम्पसमा ३८.६८, अंगिक क्याम्पसमा  ३५.८९  र निजीमा २५.४३ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । 

यसरी हेर्दा त्रिविबाहेकका २१.२२ प्रतिशत विद्यार्थीको प्रतिनिधि मूलक संस्था स्ववियुको निर्वाचनबारे सम्बन्धित विश्वविद्यालय प्रशासनको धारणा के छ ? (अपवादले चुनाव गर्ने पनि गरेका छन् ) । त्रिवि अन्तर्गत पनि निजी क्याम्पसमा रहेका विद्यार्थीलाई उनीहरूको प्रतिनिधिमुलक संस्था निर्माण गर्नबाट किन वञ्चित गरिएको हो ? सामुदायिक क्याम्पसमा पनि किन सबैमा हुँदैन स्ववियुको निर्वाचन ? घोषणा  गरिएका आंगिक क्याम्पसहरूका हकमा पनि निर्वाचन नभएको र अदालतसमेत गुहारेको चर्चा माथि गरिएको छ ।

प्रस्ताव : 
नेपालमा पछिल्लो शिक्षानीति २०७६ समेत आइसकेको छ । यसका  बिषयमा पनि सघन बहस जरुरी छ । विद्यार्थी संगठनहरूलाई कम फुर्सद भएस्ववियु जीवित रहेको अवस्थामा यसमाथि थप छलफल हुनसक्थ्यो कि भनेर आशा गर्ने ठाउँ हुन्छ । उच्च शिक्षा अध्ययन गरिरहेका मेधावी विद्यार्थी त्रिविमा मात्र सीमित छैनन् । संख्या थोरै भए पनि काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयका केही संकायहरूको नतिजा प्रतिस्पर्धी मानिन्छ । त्रिविको पनि निजी क्याम्पसहरूको गुणस्तर तुलनात्मक रूपमा राम्रो रहेको छ । त्यसैले, स्ववियुको दायरा फराकिलो पारेर, सबै विश्वविद्यालय र समग्र विद्यार्थीे विचार अभिव्यक्तिको स्वतन्त्रता, संगठित हुनपाउने अधिकार, नेतृत्व विकास गर्ने अवसरको रक्षागर्न सबैतिर स्ववियु निर्वाचन गरौँ ।

अब स्वाभाविक प्रश्न उठ्छ, आखिर किन आवश्यक छ स्ववियु ? किन राजनीति छिराउने जताततै ? त्रिवि ध्वस्त गरेर अझै पुगेन ? के नै गरेको छ र स्ववियुले ? आदिइत्यादि ।

यी प्रश्नहरुको उत्तर सही वा गलत भनेर, रेजा चिन्ह लगाए जसरी दिन मिल्दैन । गलतभएका कुरा गलत नै हुन् । केही अभ्यास हुनुपर्ने जस्तो लोकतान्त्रिक मान्यता अनुरूप नभएका पनि होलान् । जस्ता दल त्यस्तै भातृ संगठन ! त्यसैको परावर्तन भएको पनि सत्य हो । तर, पनि सम्पूर्ण सुधारको बाटो बाँकी नै छ । एक से एक मेधावी, विज्ञान प्रविधिसँग हुर्केको पुस्ता हाम्रो अगाडि छ । निर्वाचनका विसंगत पक्षहरू अन्त्य गर्न नवीन अभ्यास गर्न सकिन्छ । कक्षा कोठा वा घरमै बसेर पनि आफ्नो मत प्रकट गर्न सकिन्छ ।  त्यसकारण अभ्यासमा भएका त्रुटिलाई हेरेर सिंगो पद्धतिलाई दुत्कारेर मात्रै समस्याको समाधान हुन सक्दैन । अभ्यासमा भएका कमजोरी सच्याउँदै र थप परिष्कृत हुने संकल्प आजको आवश्यकता हो ।    

अन्त्यमा,
लोकतन्त्रको दायरा फराकिलो बनाउन, केही उन्नत मतदान प्रक्रियाको अवलम्बन गर्दै समग्र उच्च शिक्षा अध्ययन गरेको सिंगो युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउन सकेमात्र विद्यार्थी आन्दोलन मजबुत हुनेछ । विश्वविद्यालय जीवन्त बन्नेछन् । राजनीतिक दलको ‘क्याचमेन्ट’को आयतन ठूलो हुनेछ । प्रविधि र ज्ञानको बेजोड समिश्रण हुँदा सिंगो मुलुकले उत्कृष्ट नेतृत्व प्राप्त गर्नुका साथै ‘क्रिटिकल समूह’को उदय हुनेछ । विद्यार्थी चेतनालाई निमोठिदिने हो भने फगत दासहरू नेतृत्वमा आउने र तिनैको ‘म्युजिकल चेयर’को भूमरीमा  सिंगो मुलुक घुमिरहनेछ । 

(नेविसंघसँग सम्बद्ध)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC