site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिठ्ठा पर्‍यो भन्दै फोन आउँछ ? ठगीमा पर्नुहोला ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘ह्वाट्सएप, भाइबर र इमोजस्ता एपहरुबाट ठूलो धनराशिको पुरस्कार परेको भन्दै फोन वा एसएमएसबाट ठगी गरेको पाइएकाले यस्ता प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ,’ एनसेलले आफ्ना ग्राहकलाई पठाएको सन्देश थियो यो ।

काठमाडौं नयाँ वानेश्वरमा बस्दै आएकी श्रेया गुरुङ (नाम परिवर्तन)  सामाजिक सञ्जाल ह्वाट्ससप नियमित चलाउँथिन् । 

त्यही क्रममा एकदिन उनलाई ह्वाट्सएपमा फोन आयो ।  फोनमा भनियो, ‘हेलो आइएम फ्रम युएस’ ।  फोन गर्ने व्यक्तिले श्रेयालाई करोडौंको चिठ्ठा परेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

श्रेयाको भनाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘‘हजारौं नम्बरहरुबाट एक रोज्दा तपाईँको नम्बर परेको हो । तपाईँलाई बधाई छ ।’’ 

श्रेया सुरुमा अकमकमा परिन् । तर ती व्यक्तिले निरन्तर फोन गरिरहे । निरन्तर फोन गर्दै गएपछि श्रेया पनि कुराकानी गर्न थालिन् ।

Global Ime bank

विस्तारै भिडियो च्याट पनि सुरु भयो । ती व्याक्तिले सुन, मोबाइल ल्यापटप भारत पठाइदिने श्रेयालाई बताए । 

सकेसम्म आफू पनि भारत आउने र श्रेयालाई आफूसँगै अमेरिका लैजाने सपना पनि देखाए ।  अमेरिकाको सपनाले श्रेया लोभिँदै गइन् ।  ती व्यक्तिले भारतमा सामान पठाएको र त्यसका लागि भन्सार शुल्क लाग्ने भन्दै श्रेयालाई त्यो वापतको रकम तिर्न आग्रह गरे । 
भिडियोमै कुराकानी गरेकी श्रेया विश्वस्त थिइन् । 

श्रेयालाई एकजना नेपाली एजेन्टको नाममा रकम पठाउन भनियो । श्रेयाले पटक–पटक गरेर २१ लाख पठाइन् ।  उनी सामान लिन भारत पुगिन् । तर त्यहाँ न सामान थियो, न श्रेयालाई फोन गर्ने व्यक्ति नै । 

उनको मनमा डर उत्पन्न भयो । घरमा कसैलाई जानकारी नै नदिएर २१ लाख रकम पठाएकी श्रेया महानगरीय अपराध महाशाखा टेकु गुनासो लिएर पुगेपछि चाल पाइन् आफू ठगीएको । विराटनगर घर भएर काठमाडौंमा सरकारी जागिरे हुन् २७ वर्षीया जेनि थापा (नाम परिवर्तन) । 
सरकारी जागिरे जेनीलाई एक दिन भारतीय नम्बरबाट ‘इमो’मा कल आयो । 

हिन्दी भाषमा बोल्दै जेनीलाई भनियो,‘‘आपको ५० लाख भारतीय लौट्री पडी है । ओर सुन भि मिलेगा आपको ।’’ 

जेनि एकाएक विश्वस्त भइन् । त्यसबीचमा जेनी र हिन्दी बोल्ने व्यक्तिबीच ३ दिनसम्म कुराकानी भयो । 

जेनीलाई ५० लाख र सुनका लागि केही रकम कर लाग्ने बताइयो । उनी रकम तिर्न राजी भइन् । 

जेनीलाई रकम तिर्नका लागि एनआईसी एसिया, ग्लोबल आईएमई, हिमाल बैंकको खाता नम्बर दिइयो । 

जेनीले पटक–पटक गरेर १६ लाख पठाइन् ।  जेनीलाई रकम पठाएपछि चिट्ठा परेको सुन र रकम नेपालमै पाउने भनिएको थियो ।  तर जेनीले १६ लाख पठाइसकेपछि ती व्यक्तिले इमोमा कल गर्न छाडे । 

त्यसपछि जेनी पुगिन् अपराध महाशाखा । आफू ठगिएको जब प्रहरीबाट उनले जानकारी पाइन् उनी रुन थालिन् । 

यसबाहेक म्यासेन्जर, भाइबर, इमेलमार्फत् पनि कयौं व्यक्ति ठगिएका छन् । महाशाखामा दैनिक अनलाइनमार्फत् ठगिएको गुनासो आउने गरेका छन् । 

महाशाखाका एसएसपी सहकुल थापा भन्छन्, ‘‘अनलाइन ठगी ठूलो चुनौती बन्दै गएको छ । यसमा व्यक्ति स्वयम् सचेत रहन जरुरी छ । अनलाइनबाट ठगिएको रकम फिर्ता ल्याउन र अभियुक्तलाई कानुनी दायरामा ल्याउन निकै समस्या छ । किनभने ठग्ने गिरोह नेपालमा हुँदैन ।’’

एसएसपी थापा सामाजिक सञ्जालको प्रयोगमा सचेत रहन आग्रह गर्दै नचिनेको व्यक्तिलाई साथी नबनाउनसमेत सुझाव दिन्छन् ।

अघिल्लो सातामात्रै महाशाखाले अनलाइनमार्फ ठगी गर्ने पाँचजनालाई पक्राउ गरेको थियो ।

उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिला कुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुले २० लाख बढी ठगेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement