site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एजाज लकडावालाको खुलासा– ‘दाऊदले काठमाडौंबाट भारतमा नक्कली नोट पठाउँछन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमले नेपालको संघीय राजधानी काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ ।

दाउदले काठमाडौंबाट भारतमा नक्कली नोट पठाउने गरेको उनकै समूहका एजाज लकडावालाले मुम्बई प्रहरीसँगको बयानका क्रममा खुलासा गरेका हुन् । काठमाडौंस्थित पाकिस्तानी दूतावासका अधिकारीहरूका माध्यमबाट दाउदले आफ्नो धन्दा चलाउने गरेको भारतीय अखबार दैनिक जागरणले दाबी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दाउदको समूहका सदस्य लकडावालालाई जनवरी ८ मा बिहारको राजधानी पटनाबाट गिरफ्तार गरिएको थियो । 

उनले मोस्ट वान्टेड दाउद इब्राहिमका पाकिस्तानको कराचीमा रहेका दुई घरको ठेगाना पनि भारतीय प्रहरीलाई दिएका छन् । भारतीय सुरक्षा अधिकारीहरूले लकडावालाको गिरफ्तारीलाई अत्यन्तै ठूलो उपलब्धि भनेका छन् । 

Global Ime bank

लकडावालाले प्रहरीसमक्ष दाउदको थाइल्यान्ड र बंगलादेशमा पनि राम्रो पकड रहेको र ती दुई देशबाट भारत, युरोप र अन्य मुलुकमा लागुपदार्थ पठाउने गरेको बयान दिएका छन् । -दैनिक जागरण
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC