site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीलाई गाली गरेपछि आस्था राउत विवादमा, डीआईजी भन्छन्–अनुहार हेरेर जाँच हुँदैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै गाली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् ।

राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् । 

राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । 

Global Ime bank

भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अनुसन्धान सुरु भएको बताए । 

उनले भने,‘‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आपत्तिजनक छन् । केहीदिनभित्रै घटनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।’’

यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए । 

डीआईजी पोखरेलले भने,‘‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी गम्भीर हुन्छौँ । प्रहरीले कमजोरी गरेको भए उजुरी गर्ने, कानुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’’

सामाजिक सञ्जालमा आस्थाको आलोचना भएपछि उनले फेसबुकमार्फत माफी मागेकी छन् । 

अहिले आस्थाको मोबाइल अफ छ । उनी सम्पर्कमा आएपछि घटनाबारे जानकारी लिनका लागि बोलाउने प्रहरी तयारी छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC