site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सफल भए कारबाही नहुने तर असफल सजाय भोग्नुपर्ने सायद एउटामात्रै अपराध आत्महत्या हो । यसैले बालक छोराहरू र पत्नीसहित आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको हुनुपर्छ । धादिङको बेनीघाट रोराङ–४ बाँदरेघुम्तीमा दुई बालक छोराहरू र  पत्नीसहित हाल काठाडौं चन्द्रोदय – ४ थानकोट बस्दै आएका शिक्षित युवकले आत्महत्याको प्रयास गरेका थिए । बालक छोराहरू लिएर नदीमा हेलिएका आमाबाबुमध्ये आमाको शब फेला परेको छ भने बाबुलाई जीवितै उद्धार गरिएको छ । बालक छोराहरू भने अहिलेसम्म बेपत्ता छन् । जीवित उद्धार गरिएका युवकले आफू रिनमा डुबेकाले सपविार आत्महत्या गर्ने निर्णय गरेको बताएका छन् । उनले चर्को ब्याजमा रिन लिएकाले अनपेक्षितरूपमा रिनको भार बढेको अनुमान गरिएको छ । प्रहरीले आत्महत्या दुरुत्साहन र उनले लिएको चोके ब्याजका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ । केही वर्ष पहिले राजधानीमा एक सम्भ्रान्त परिवारका उच्च शिक्षित प्रतिष्ठित व्यक्तिले समेत बैंकको रिन तिर्न नसक्ता प्रतिष्ठा गुमेको ठानेर आत्महत्या गरेका थिए ।

व्यक्तिको निर्णय भए पनि आत्महत्याका लागि परिवार, समाज र राज्य पनि जिम्मेवार हुन्छ । अहिलेसम्म दोष भने आत्महत्या गर्ने र बढीमा आत्महत्याका लागि उक्साउनेलाई मात्र दिने गरिन्छ । व्यक्तिको ज्यान लिने अधिकार उसैलाई पनि हुँदैन भन्ने मान्यतामा आत्महत्याको प्रयासलाई दण्डनीय अपराध बनाइएको हुनुपर्छ । संसारका केही मुलुकमा प्राणदण्डको प्रावधान कानुनमै राखिएको छ तर नेपालमा त राज्यले समेत व्यक्तिको ज्यान लिन नसक्ने संवैधानिक व्यवस्था छ । तैपनि, नेपाली समाज र राज्य आत्महत्याका घटनामा खासै संवेदनशील भएको देखिँदैन । पछिल्लो घटनामा जीवितै उद्धार गरिएका आत्महत्याका मूल योजनाकारले रिन तिर्न नसकेपछि आत्महत्या गर्ने निर्णयमा पुगेको बताए । उनको भनाइले नेपाली समाजमा व्याप्त आर्थिक विसंगतिको कुरूप पक्ष पनि उदांगो भएको छ । सजिलै पैसा पाउने भएपछि चर्को ब्याज तिर्न तम्सने र व्यक्तिको बाध्यताको फाइदा उठाएर चर्को ब्याजमा रिन दिने प्रवृत्ति मौलाउँदै गएको छ । यसमा अंकुश नलगाउने हो भने यस्ता घटना बढ्दै जानेछन् । आत्महत्या व्यक्तिको कायरता वा आवेगको निर्णयमात्र भनेर पन्छनु मूर्खता हुन्छ । यस्तै गरिबीमात्र पनि यति ठूलो निर्णयकाे कारण हुनसक्तैन ।

उनीजस्तै र उनीभन्दा पनि बढी आर्थिक बोझले थिचिएका लाखौं नेपाली परिवारले आत्महत्याको बाटो भने रोजेका छैनन् । रिन लिनेमध्ये धेरैले कर परेरमात्र लिएका हुन्छन् । रहरले रिन लिनेहरू प्रायः धेरैले व्यवसायका लागिका लिने हुन् । नेपाली समाज रिनका मामिलामा खासै उदार पनि छैन । वित्तीय संस्थाहरूमा जान हिचकिचाउने वा पहुँच नहुनेहरू भने चर्को ब्याजमा व्यक्तिगत रिन लिन बाध्य हुन्छन् । सामाजिक व्यवहार र घरखर्चका लागिमात्र हैन सन्तानको शिक्षादीक्षाका लागि समेत घरखेत जायजेथा बन्धक राखेर रिन लिनेहरूको संख्या भने निकै ठूलो छ । यस्तै, खेती वा उद्योग व्यवसायका लागि लिएको रिन तिर्न नसकेर बढ्दै जाँदा घरबार लिलाम हुनेहरूको संख्या पनि नेपाली समाजमा सानो छैन । राज्यले यस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ । घटना विशेषमा प्रहरी कारबाही गरेर राज्यको दायित्व पूरा हुँदैन । यसका सबै पाटाहरूको सूक्ष्म अध्ययन गरेर आर्थिक, सामाजिक, पारिवारिक तथा मानसिक पक्षहरूमा उपयुक्त समाधान पहिल्याउनु आवश्यक छ । उपभोक्तावादी संस्कृतिले परम्परागत मूल्य मान्यता भत्काएको तर नयाँ संस्कृतिको विकास भइनसकेको संक्रमणमा रहेकाले नेपाली समाजलाई बेलैमा यस्ता विसंगतिबाट जोगाउनु आवश्यक देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC