site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

निकै विलम्ब गरे पनि अन्ततः सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफरिस गरिएको छ । सरकारले दुवै आयोगमा पदापधिकारी रिक्त भएपछि नियुक्तिका लागि नाम सिफारिस गर्न एक जना पूर्वप्रधान न्यायाधीशको अध्यक्षतामा समिति गठन गरेको थियो । तर, समितिले नाम सिफारिस गर्नै करिब १० महिना लगायो । प्रमुख राजनीतिक दलका नेताहरूबीच सहमति भएपछि मात्रै समितिले नाम सिफारिस गरेको हो । अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा समाहित माओवादी घटकले चलाएको   हिंसात्मक द्वन्द्वका क्रममा भएका मानवताविरुद्धका अपराध र ज्यादतीका बारेमा  छानबिन गरी दोषीलाई सजाय दिने सहमति २०६३ सालमै भए पनि अहिलेसम्म कारबाही खासै अगाडि बढेको छैन ।

यसभन्दा पहिले पनि यसरी नै राजनीतिक भागबन्डाका आधारमा दुवै आयोग गठन गरिएका थिए । तर, आंशिकरूपमा आयोगका पदाधिकारीको कमजोरी र मूलतः सरकारको असहयोग एवं उपेक्षाका कारण आयोगहरू खासै उपलब्धिमूलक हुनसकेनन् । यस्तै, द्वन्द्वकालका जघन्य अपराधमा पनि समुच्चा माफीमिनाहा हुनसक्ने गरी सरकारले बनाएको कानुनका केही नमिल्दा दफाहरू संशोधन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । तर, सरकारले कानुन संशोधनलाई आलटाल र प्रतिवाद गर्दैआएको छ । पहिलेका आयोगहरूले देशभरबाट द्वन्द्वकालीन ज्यादती र मानवताविरुद्धको अपराधमा उजुरी संकलन गरेका छन् । माओवादीका नेता कार्यकर्ताका डरले कतिपय पीडित उजुरी दिन हिचकिचाए पनि धेरै पीडित र सरोकारवालाले उजुरी गरेका छन् । नयाँ आयोगलाई काम गर्न दिइयो भने यी उजुरीहरूलाई पहिलो प्रस्थान बिन्दु बनाउन सकिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोग गठन हुने भए पनि द्वन्द्वपीडितले न्याय पाउने विषयमा भने सन्देह कायमै छ । द्वन्द्वकालीन ज्यादतीका मूल जिम्मेवारहरू नै आयोगका पदाधिकारी छान्ने निर्णायक व्यक्ति हुन पुगेपछि शंका उब्जनु स्वाभाविकै हो । राज्य र तत्कालीन विद्रोही पक्षबीच भएको विस्तृत शान्ति सम्झौताका अरू सबै काम फटाफट हुने तर पीडितले  न्याय पाउने कारबाही भने दशकभन्दा बढी लम्मिने गरेकाले पनि द्वन्द्वकालीन अपराधलाई सामसुम पार्न खोजिएको हुनसक्छ । पीडितहरू नै थाकेर लाखापाखा लागे भने आवाज उठाउने कोही हुँदैन र सजायबाट उन्मुक्ति पाइन्छ भन्ने मानसिकता जिम्मेवारहरूमा रहेको देखिन्छ । तर, द्वन्द्वकालीन अपराधमा न्याय गर्न ढिलो हुँदा नेपालमाथि अन्तर्राष्ट्रिय समुदायले औँला ठड्याएको छ । देशभित्रै पनि यही दण्डहीनतालाई उदाहरण बनाएर राजनीतिका नाममा हिंसात्मक क्रियाकलाप भइरहेको छ ।

पीडितहरूमा पनि आक्रोश चर्क्यो भने प्रतिशोधको आगो सल्कन सक्छ । यसैले अब आलटाल नगरी नयाँ आयोगहरूको गठन गरेर पीडित तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्नसक्ने गरी काम सुरु गरिनुपर्छ । पहिले डर, शंका र अविश्वासका कारण उजुरी नहालेकाहरूलाई एकपटक गुनासो गर्ने मौका दिनुपर्छ । सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनेगरी ऐन संशोधन गर्न र आयोगलाई आवश्यक भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गराउन आलटाल नगरोस् । पीडितहरूले भनेजस्तो त भएको छैन तैपनि आयोगका नयाँ पदाधिकारीलाई शंकाको सुविधा दिनु उचित हुनेछ । यसपटक पनि जालझेल गर्ने काम भयो भने देशमाथि नै दण्डहीनतालाई प्रश्रय दिएको कलंका लाग्नेछ । अहिले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली द्वन्द्वकालीन अपराधमा प्रत्यक्ष परोक्ष नमुछिएका कारणले अब कलंक बोक्न  हुनुको साटो दण्डहीनता अन्त्य गरेको इतिहास बनाउने अपेक्षा गर्ने झिनो आधार छ ।  अन्तर्राष्ट्रिय मापदण्डअनुरूप कानुन बनाएर न्याय निरूपण नगर्ने हो भने घटनाको अन्तर्राष्ट्रियकरण हुने सम्भावना सधैँ नै रहिरहनेछ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC