site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पललाई अब चार्जर केवल नै नचाहिने !
Sarbottam CementSarbottam Cement

बीबीसी । एप्पल कम्पनी आफ्ना सबै डिभाइसका लागि कनेक्टिङ केबल हटाउन बाध्य हुने बताइएको छ । सो केबल आइफोन लगायत एप्पलका डिभाइसहरु चार्ज गर्न र सिंक गर्न प्रयोग हुँदै आएका थिए । 

युरोपेली संसदले सोमबार मात्र युरोपियन कमिसनसमक्ष कम्पनीलाई ‘युनिभर्सल चार्जिङ मेथड’ अन्र्तगत एउटा मात्र तारको प्रयोग गर्न निर्देशन दिन भनेको हो । 

यता एन्ड्रोइड फोनमा भने युएसबी–सी र माइक्रो–युएसबी गरी दुईवटा चार्जिङ केबल प्रयोग गर्ने गरिएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि एप्पलले २०१९ को आइप्याडमा लाइटिङ केबलको प्रयोग बन्द गराएको थियो । 

यस्तोमा युरोपेली संसदहरुबीच यसबारे मतदान हुने बताइएको छ । एप्पलले चाहिँ यसले कम्पनीको नवीनतम योजनाहरु सीमित गराउने र उपभोक्ताका लागि पनि अवरोध हुने भनि असन्तुष्टि जनाउँदै आएको छ । 

Global Ime bank

यसरी सो प्रस्ताव पारिद भएमा युरोपमा बिक्री हुने सबै एप्पल डिभाइसले चार्जिङका लागि नयाँ तरिका अपनाउनुपर्ने हुन्छ ।

वास्तवमा युरोपेली समितिले पछिल्लो एक दशकदेखि नै सिङ्गो चार्जिङ केबल प्रयोग गर्ने अभियान चलाउँदै आएको थियो । 

२००९ मा बजारमा तीस किसिमका चार्जर थिए तर अहिले सो सङ्ख्या घटेर तीनमा पुगेको छ । 

यो नयाँ नीतिले बिजुली खेर जान नदिने र फोहोर पनि न्युनिकरण हुने बताइएको छ किनकि प्रत्येक वर्ष यसका कारण ५१ हजार टन फोहोर उत्पन्न हुने गरेको छ । 

यसबारे युरोपेली संसदका सदस्य एलेक्स एग्विस सैरबा भन्छन्, “यो पूर्ण रुपमा वातावरणको हितका लागि उठाइएको कदम हो ।”

वास्तवमा नोकिया, सामसुङ, एप्पल लगायत १० अन्य प्राविधिक कम्पनीले २००९ मै एउटा सम्भाmैतामा हस्ताक्षर गरेका थिए जस अन्तर्गत सबै उपभोक्तालाई एकै किसिमको माइक्रो–युएसबी प्रयोग गर्न भनिएको हो । 

तर यसमा आफ्नो छुट्टै किसिमको चार्जरको निर्माण जारी राख्न अनुमति दिइएकाले एप्पलले यसैको फाइदा उठाएर भिन्दै एडाप्टर निर्माण गर्दै आएको हो । 

यसपछि २०१४ मा फेरि युरोपेली संघले सबै डिभाइसका लागि समान चार्जर विकसित गर्ने नयाँ प्रयास अन्र्तगत नियमबारे पहल गर्यो । 

जसमा पनि एप्पलले आफ्ना डिभाइस त्यसबेलाको नयाँ युएसबी–सी प्रविधि धान्न नसक्ने र अपेक्षित स्तर कायम राख्न २ अर्ब डलर बराबर खर्च हुने दाबी गर्दै सो योजना नअपनाउने भएको थियो । यसबीच प्राविधिक विज्ञहरुले एप्पलले आगामी वर्षहरुमा चार्जिङ पोर्टललाई पूर्ण रुपमा हटाएर वायरलेस प्रविधि मात्र राख्ने अनुमान गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC