site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
इन्स्टाग्राम ट्रेन्डको पछि लाग्दा जरिवाना हुन सक्ला ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । खोला वा समुद्र छेउमा जाने पर्यटकहरुले त्यहाँका ढुङ्गा खप्टेर तिनलाई अड्याइ सानो संरचना बनाउने ट्रेन्ड पछिल्लो समय सामाजिक संजालमा व्यापक बनेको छ । 

विशेषगरी इन्स्टाग्रामा ह्यासट्याग ‘स्टोन स्ट्याकिङ’ लखेर त्यस किसिमका ७० हजार भन्दा बढी पोस्ट गरिएको छ । 

तर ट्रेन्डको पछाडि लाग्नु कतिपय अवस्थामा आफ्ना लागि र वातावरणका निम्ति पनि घातक साबित हुन सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रो त्यही लोकप्रिय चाहानाले थुप्रै दुर्लभ जीवजन्तुहरु प्रभावित हुन सक्ने भएपछि पर्यटकहरुलाई भारी जरिवानाको चेतावनी दिनुपर्ने भएको हो । 

अष्ट्रेलियाको भिक्टोरियन सरकारका वरिष्ठ पर्यावरणविद् निक केमनले संचार माध्यम एबीसीसँग बताएअनुसार सामाजिक संजाल प्रयोगकर्ताहरुले त्यसो गर्नुका पछाडि कुनै नराम्रो उद्देश्य नभए पनि यो ट्रेन्ड पछिल्लो समय चिन्ताजनक बनेको छ । 

Global Ime bank

उनले भनेका छन्, “यसमा ती ढुङ्गा मुनि बस्ने जीवजन्तुहरु हाम्रो कारणले आफ्नै वासस्थानबाट बाहिरिनुपर्ने हुन्छ जुन गलत कुरा हो । र यसमा हामीले तस्बिर लिइसकेपछि ढुङ्गालाई पहिलेकै अवस्थामा राख्ने प्रयास गरेपनि त्यहाँ बसिरहेको जीव असुरक्षित भइसकेको हुन्छ । जस्तै सर्प लगायत आफ्ना प्रकृतिक शिकारीबाट लुकिरहेका जनावरहरु खतरामा पर्छन् ।” 

भिक्टोरियन पहाडी क्षेत्रमा लामो समय काम गरिसकेका केमनले ‘गुथेगा स्किंक’ नामक एक छेपारोको प्रजातिको उदाहरण दिएका हुन् । 

जुन विशेष रुपमा संवेदनशील अवस्थामा पुगिसकेको उनी बताउँछन् ।  उनका अनुसार यस प्रजातिका केही दर्जन कोलोनी मात्र बाँकी छन् । 

र, अघिल्लो वर्ष उनले तिनको धेरै वासस्थान यिनै कारणले विनाश भएको देखेका हुन् । 

यस्ता थुप्रै ससाना प्रजातिहरु वासस्थानका लागि सयौँ, हजारौँ वर्ष अगाडिदेखिका स्थिर ढुङ्गामा निर्भर हुन्छन् । 

त्यसैले पनि हामीले एउटा ढुङ्गा निकाल्नुले पनि सो छेपारोहरुको एउटा पूरै कोलोनी एकसाथ नष्ट गर्न सक्ने उनी बताउँछन् ।

भिक्टोरियामा वन्यजन्तुको वासस्थानमा अवरोध पुर्याउनु अवैध मानिन्छ र अधिकतम ८ हजार डलरसम्मको जरिवाना तोकिएको छ । 

मानिसहरु प्रकृतिप्रतिको प्रेमका कारण नै बाहिरी यात्रामा निस्किने भएपनि हाम्रो त्यही सामान्य हर्कतले एउटा दुर्लभ प्रजातिलाई नोक्सान पुर्याइरहेको छ भने पक्कै पनि सबैले सावधानी अपनाउनै पर्ने उनको भनाइ छ । 

यसअघि २०१८ मा पनि नुसा नेस्नल पार्कको ग्रेनाइट किनारमा घुम्न आउनेहरुले, ढुङ्गा अड्याएर फोटो खिच्न र आफ्नो नामको अक्षर बनाउन २०० टन ढुङ्गा ओसारेको  पाइएको थियो जसको वातावरणविद्हरुले चर्को विरोध गरेका थिए । 

स्वयमसेवकहरुले ती ढुङ्गालाई घण्टौँ लगाएर यथावत स्थानमा पुर्याउनुपरेको थियो । 

यसपछि त्यहाँ यो किसिमिको व्यवहार नगर्न साइन बोर्ड राखिएको हो । 

यसबारेमा केमन भन्छन्, “यदि हामी वास्तवमै प्रकृतिको मजा उठाउन चाहान्छौँ भने केबल तस्बिर लिएर र आफ्नो कदमको छाप मात्र छाडेर घुम्दा उचित हुनेछ । ” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC