site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आस्थाको पक्षमा सुनिता, भनिन्– नागरिकले बोल्नै नपाउने हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनताको बोल्न पाउने अधिकार खोस्न नहुने गायिका सुनिता दुलालले बताएकी छिन् । लोकतान्त्रिक देशमा नागरिकको बोल्न पाउने अधिकार कुन्ठित गर्न नहुनेमा उनको जोड छ । 

“गल्ति मानिसबाटै हुन्छ । सबै मानिसको एउटै स्वभाव हुँदैन कसैले अत्याचार सहन्छ भने कोही त्यस बिरूद्धमा खरो उत्रिन्छ,” उनले गायिका आस्था राउत बिरुद्ध प्रहरीको कदमको बिरोध गर्दै फेसबुकमा लेख्छिन्, “लोकतान्त्रिक गणतन्त्र आएको देशमा जनताले बोल्न पाउने अधिकार छ । अत्याचार परेको बेला म पनि बोल्छु । मान्छे मारेको होइन । रिसको आबेगमा आस्थाको बोलीमा केही शब्द चयन गलत भकै हो । तर उहाँ आफैंले त्यसलाई फिल गरेर माफी मागिसकेको अवस्थामा बोल्दैमा अपराधिक चित्रण गरी गायिका आस्था राउतलाई पक्राउ पूर्जी तय गर्नु निन्दनीय छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले बोल्न पाउने अधिकार हनन् गर्दै फेरी निरङ्कुशता नै लाद्न खोजेको हो ? प्रश्न गर्दै लेखेकी छिन्, “गल्ति दुबैबाट देखिन्छ दुबैको छानबिन हुन जÞरूरी छ । सानो तिनो कुरालाई गल्ति पहिल्याई पछि लाग्नुभन्दा ठूलठुला अपराधिक काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनुस् । छोरी कुटेर बुहारी तह लगाउने काम नगर्नुस् ।” 

“आशालाग्दा ठूलठुला नेताहरूले पनि अन्तर्वार्ता दिने क्रममा स्टुडियो भित्रै पत्रकार र जनतामाथि धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्राउ पूर्जी ? कानुन सबैको लागि बनेको होइन ?” सुनिता अगाडि लेख्छिन्, “अन्याय र अत्याचार बिरुद्ध बोल्ने पाउने अधिकार छ । साधारण आवेशमा भएको गल्तिमा यो सम्मको निर्णय गर्नु आपत्तिजनक छ ।” 

Global Ime bank

विहीबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका क्रममा आस्था र प्रहरीबीच भएको विवादमा प्रहरीले आस्थाको गल्ती देखाउँदै पक्राउ पुर्जी जारी गरेको छ । सीसीटीभी फुटेजमा आस्थाको गल्ती देखिएको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । 

सुरक्षा जाँचका क्रममा आफूलाई प्रहरी जवान रमिता श्रेष्ठबाट अभद्र ब्यबाहार भएको भन्दै आस्थाले फेसबुकमार्फत श्रब्यदृश्य सामग्री (भिडियो) सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोसँगै उनी विवादमा तानिएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC