site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘एक्रोन इन्टरनेसनल’ भन्दा पहिला अर्को चलचित्र बनाउँदै विनोद, क्यारेक्टर निर्माणमा व्यस्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्देशक विनोद पौडेल यतिबेला नयाँ चलचित्रको कथाको खोजीमा छन् । नेपालबाट तेस्रो मुलुक पुगेका शरणार्थीको कथामा बनाउने भनिएको चलचित्र ‘एक्रोन इन्टरनेशनल’का लागि ग्रान्ट (विदेशी लगानी) आउन ढिलो हुने भएपछि विनोद नयाँ चलचित्रको कथाको खोजीमा छन् ।

नयाँ कथाका लागि उनी अहिले चरित्रको खोजीमा छन् । केही चरित्र भेट्टाइसके भने केही खोज्ने तयारीमा छन् । उनी यो पटक सहरिया युवाको कथा भन्ने तयारीमा छन् । विनोदका अनुसार उनी सहरिया एक र्‍यापर युवक, काठमाडौंमा टिनेजर उमेर भोगिरहेकी एक युवती र ठूलो सपना बोकेर ट्याक्सी चलाइरहेको युवकको कथा चलचित्रमा समेटिने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्याक्सी चालक र र्‍यापरमा महेश त्रिपाठी र मनिष राउतलाई उनले लिइसकेका छन् । उनीहरु अहिले आफ्नो क्यारेक्टर निर्माणमा फिल्ड स्टडीमा छन् । यही क्रममा विनोदले उनीहरुले मध्ये एकलाई क्यारेक्टरको गहिराई खोज्न पोखरा पनि पठाउँदैछन् । 

युवतीको भूमिकामा को रहने त्यो भने विनोदले निश्चित गरिसकेका छैनन् । खोजिरहेको बताउने उनी भन्छन्, “कलेज (ओस्कार इन्टरनेसनल)मा पनि विज्ञापन गरिरहेको छु ।” गत वर्ष रिलिज भएको चलचित्र ‘बुलबुल’मा अभिनय गरेका स्वस्तिमा खड्का र लक्ष्मी बर्देवालाई भने नदोहोर्याउने सोचमा छन् उनी । नयाँ अनुहारबाट कथा भन्ने उनको सोच छ । 

Global Ime bank

क्यारेक्टर करिब निश्चित भैसके पनि कथा डेभलपमेन्टकै चरणमा रहेकाले नाम तय भैनसकेको उनी बताउँछन् । सन् २०२० भित्रै चलचित्र निर्माण सकेर प्रदर्शन गर्ने उनको तयारी  छ ।

“एक्रोन इन्टरनेशनलका लागि ठूलो लगानी चाहिन्छ । प्रारम्भीक अनुमान नै ६ करोड छ । त्यसैले यसका लागि ग्रान्ट चाहिन्छ नै । लगानी गर्छौ भन्ने प्रतिबद्धता पनि आएको छ । तर उनीहरु अहिले अरु नै चलचित्रमा रहेकाले केही समय लाग्छ,” उनी भन्छन्, “त्यसैले “एक्रोन इन्टरनेशनल सुरू हुनुभन्दा पहिला अर्को चलचित्रमा काम सुरु गरेको हुँ ।” उनले एक्रोन इन्टरनेशनलको स्क्रिप्ट तयार पारिसकेका छन् । 

विनोदको चलचित्र ‘बुलबुल’ नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको थियो । 

तस्बिर : विनोद पौडेलको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC