site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुरको दामनमा एउटा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको मृत्युको राम्ररी छानबिन गर्नु जरुरी हुन्छ । अरू कोठामा सुतेका सबै सकुशल रहे पनि एउटै कोठामा सुतेका दुई परिवारका आठै जना बेहोस भएका थिए । भारतको केरलाबाट आएका पर्यटकहरू सोमवार मकवानपुरको पयर्टकीय स्थल दामनको एउटा रिसोर्टमा दुइटा कोठामा वास बसेका थिए । उनीहरूमध्ये एउटा कोठामा बसेका आठै जना मंगलवार बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि काठमाडौं लगिए पनि बचाउन सकिएन ।सबै झ्यालढोका थुनेर सुतेका हुनाले कोठामा बालेको ग्यास हिटरले निसासिएर मरेको हुनसक्ने आशंका होटेल व्यवस्थापनले गरेको छ । होटल व्यवस्थापनको अनुमान सही हुन पनि सक्छ । तर, त्यसले पनि सुरक्षा व्यवस्थामा कमजोरी रहेको पुष्टि हुन्छ । 

त्यसो त, घरहरूमा पनि ग्यास हिटर र गिजरका कारण निसासिएर मर्ने, बिरामी हुने घटना बर्सेनि हुनेगरेका छन् । घरभित्रको सुरक्षामा ध्यान दिने बानी नभएको र कुनै निकायले त्यसको निरीक्षण पनि नगर्ने हुनाले यस्तो लापरबाही हुने गरेको हो । त्यसो त, खाना पकाउने ग्यासकै पनि सिलिन्डर, चुलो, पाइप र रेगुलेटर सबैको सुरक्षा मापदण्डको ख्याल राख्नुपर्छ । तर, यस्ता सुरक्षा उपायहरूमा बिरलै ध्यान दिइन्छ । पारिवारिक आवासको त कुरै छाडौं सरकारी र अन्य व्यावसायिक भवनहरूमा समेत ग्यास, विद्युतीय उपकरणलगायतका सामग्रीको सुरक्षा मापदण्ड पालना गर्न हेलचेक्य्राइँ गरिन्छ । यस्ता भवनमा राखिएका आगो निभाउने उपकरण अधिकांशको म्याद नाघेको हुन्छ । यस्तै, रेस्टुराँहरूमा विशेषगरी राजमार्गका रेस्टुराँहरूमा पाइने स्तरहीन खानेकुराका कारण पनि कुनै दिन यस्तै दुःखद घटना भएमा आश्चर्य मान्नु पर्दैन ।

दामन घटनाको राम्ररी छानबिन भएमा सुधार गर्नुपर्ने अरू कमजोरीहरू थाहा हुनेछ । यस्ता घटनाबाट सिकेर सुधार गर्नुभन्दा केही दिन चासो देखाउने र बिस्तारै बिर्सने चलन छ । बन्द कोठामा त्यति धेरै जना सुतेका ठाउँमा ग्यास हिटर बाल्न दिनु नै जोखिमपूर्ण हो ।  रिसोर्ट व्यवस्थापनको प्रत्यक्ष गल्ती नहोला तर सुरक्षा जोखिमका सम्बन्धमा चनाखो हुनुपर्ने कर्तव्यमा चुकेको देखियो । नेपाल भ्रमण वर्ष, २०२० को थालनीमै भएको यो दुःखद घटना नेपाली पर्यटन क्षेत्रका लागि अशुभ सिद्ध हुन दिनु हुँदैन । यसैले संघीय सरकारले स्थानीय सरकारहरूको सहयोग लिएर सबै होटल, रेस्टुराँ र घरघरमा सञ्चालित अतिथि गृहहरूका व्यवस्थापकलाई पर्यटकको स्वास्थ्य र सुविधा दुवैको हेरचाहमा ध्यान दिन सिकाउने र प्रेरित गर्ने कार्यक्रम तत्काल सञ्चालन गर्नु आवश्यक देखियो । यो दुःखद घटनाका पीडितलाई आवश्यक मानवीय सहयोगका लागि पनि नेपाल सरकार संवेदनशील बनोस् । भ्रमण वर्षको व्यावसायिक सफलतामात्र हैन यस्ता घटनाबाट राष्ट्रकै छविमा असर पर्नसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC