site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'सेक्स टोय' र 'प्रोनोग्राफी'लाई वैधानिकता दिनुपर्ने थाई सांसदको प्रस्ताव
Ghorahi CementGhorahi Cement

बैंकक । थाइल्यान्डका सांसदले बलात्कार र अन्य यौन दुर्व्यवहारका घटनालाई कम गर्न 'सेक्स टोय' र प्रोनोग्राफीलाई कानुनी मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन् । बलात्कारविरुद्धको कमिटीका प्रवक्तासमेत रहेका थाई सांसद त्रिरत सिरिछन्तारापासले सोमबार फेसबुकमार्फत बलात्कारका घटनालाई न्यूनीकरणका लागि 'सेक्स टोय' र प्रोनोग्राफीलाई कानुनी मान्यता दिनुपर्ने जनाएका हुन् । 

फियु थाइ थिंक ट्यांकका सचिवसमेत रहेका त्रिरतले थाइल्यान्डमा हरेक वर्ष ३० हजार बलात्कारका मुद्दा दर्ता भएको बताएका छन् । जसमध्ये १५ देखि १९ वर्षका पीडित धेरै भएको उनले बताए । थाइल्यान्डमा 'सेक्स टोय' र प्रोनोग्राफीमाथि प्रतिबन्ध लगाइएको छ । थाइल्यान्डमा इन्टरनेटमार्फत यौनजन्य तथा अश्लील सामाग्री प्रचार गरे पाँच वर्ष जेल र एक लाख भाट (३३ सय अमेरिकी डलर) जरिवाना हुने कानुनी प्रावधान छ । त्रिरले भने, "सेक्स टोय र प्रोनोग्राफीलाई कानुनी मान्यता दिनु भनेको बलात्कार रोक्‍ने उत्तम विकल्प हो ।"  

Agni Group

उनले बलात्कारमा दोषी ठहरिएकालाई गरिने जेल सजाय कम भएको र उनीहरु जेलबाट निस्किसकेपछि पनि बलात्कारजस्ता अपराधमा संलग्‍न भएको पाइएको बताए । उनले भने, "हाम्रो मुलुकमा बलात्कारलाई गरिने जेल सजायको प्रावधालाई फेरि पुनरावलोकन गरिनुपर्छ । अहिलेको जेल सजायले बलात्कारको तथ्यांक घटेको छैन ।" 

यद्पि महिला कार्यक्रम फाउन्डेसनकी निर्देशक उसा लेर्डरीसुन्ताडले त्रिरतको सेक्स टोय र प्रोनोग्राफीलाई वैधानिकता दिने विषय गैरजिम्मेवार भएको बताइन् । उनले भने, "सेक्स टोय र प्रोनोग्राफीले बलात्कार बढाउन वा घटाउन कुनै भूमिका खेल्दैन । यसलाई कानुनी मान्यता दिए बालबालिकामा नकारात्मक असर पर्छ । बलात्कार घटाउन लैंगिक समानताका विषयमा पर्याप्त जनचेतना जगाउनुपर्छ ।"  नेपाल सरकारले पनि बलात्कार बढेको भन्दै प्रोनोग्राफी वेबसाइटमाथि प्रतिबन्ध लगाएको छ । -साउथ चाइना मर्निङ पोस्ट

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC