अर्थ व्यवसाय
काठमाडौं । इलेक्ट्रिक एसयूभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जितेको छ । हुन्डाई कोना इलेक्ट्रिक पहिलो इलेक्ट्रिक एसयूभी हो । जसलाई ५,७३१ मिटरको उचाइमा टिबेटको साउलापाससम्म चलाइएको थियो । यो चढाइपछि कोनाले ५,७१५.२८ मिटर उचाइको अन्य इलेक्ट्रिक कारको पछिल्लो रकर्ड तोडेको थियो ।
हुन्डाई कोना इलेक्ट्रिकले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु गर्वको क्षण रहेको कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ । कोनाले इलेक्ट्रिक भेहिकलसम्बन्धी विभिन्न भ्रम तोडेर सधैं अघि बढ्ने जनाएको छ ।
गिनिज वर्ल्ड रेकर्डसका ऋषिनाथले भने, ‘‘सर्वाधिक उचाइमा पुग्ने इलेक्ट्रिक कारका लागि हासिल गरेको यो उपाधिप्रति बधाई छ ।’’
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६ १८:४१
प्रतिक्रिया दिनुहोस्