site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आस्था राउतलाई अब के हुन्छ ? ‘सेफल्यान्डिङ’को खोजी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थलमा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा जाहेरी दर्ता गरेको छ ।

जिल्ला प्रशासनमार्फत आस्थाविरुद्ध पक्राउ पुर्जी पनि प्रहरीले लिएको छ । 

कानुनी भाषामा भन्ने हो भने आस्था हाल फरार छन् । तर उनी पूर्वनिर्धारित कार्यक्रमका लागि भारतमा छन् । बुधबार विमानस्थलबाट झापा जाने क्रममा राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच सुरक्षा चेकजाँचका क्रममा विवाद भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरुमा विवाद बाहिर आएन । तर आस्थाले झापा पुगेपछि फेसबुक लाइभ गर्दै आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै भिडियो जारी गरिन् । भिडियोमा पनि प्रहरीलाई गालीगलौज गरेको भन्दै उनीमाथि छानबिन थालिएको स्रोत बताउँछ ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले आस्थाको व्यवहार मर्यादित नभएको प्रतिक्रिया दिए । 

Global Ime bank

सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आस्थाले कतिपय शब्द आवेशमा बोलेको भन्दै माफीसमेत मागिन् । 

सामाजिक सञ्जालमा आस्था प्रकरणले राम्रै चर्चा पायो । प्रहरी आस्थाको विमानस्थलको व्यवहारभन्दा पनि फेसबुकमा उनले जारी गरेको भिडियोबाट आक्रोशित बनेको थियो । 

अब के हुन्छ ?

आस्था भारतबाट फर्केकी छैनन् । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा बहस जारी छ । 

प्रहरीभित्रै एकथरीको तर्क छ–प्रहरीले मुद्दै चलाउन नहुने । अर्कोथरीको तर्क छ–सेलिब्रेटी भन्दैमा मनलाग्दी गर्न कहाँ पाइन्छ ? 

आस्थाले फेसबुक लाइभमार्फत अर्को भिडियो जारी गरेर माफी मागिसकेकी छन् । 

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब आस्थाको मुद्दा कानुनीरुपमै किनारा लाग्छ । 

उनले भने,‘‘प्रहरीको अनुसन्धान पूरा भइसकेको छ । आस्था आइसकेपछि सरकारी वकिलको कार्यालयमा उनको बयान हुन्छ । बयान सकिएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिनेछ ।’’ 

एक वर्षसम्म सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले फैसला सुनाउन सक्ने एसएसपी सुवेदी बताउँछन् । 

यस्तोमा दुई विकल्प छन्–साधारण तारेखमा छाड्ने वा धरौटी लिएर छाड्ने । सुरुमै जेल भने पठाइँदैन । दुई विकल्पमा जुनसुकै आदेश भए पनि मुद्दाको फैसला भने केही समयभित्र सुनाउनुपर्छ ।”

एक प्रहरी अधिकारी भन्छन्,‘‘यो प्रमुख जिल्ला अधिकारीको अधिकारको कुरा हो । आस्था राउतलाई साधारण तारेखमा छाड्ने सम्भावना बढी छ । उनले गल्ती स्वीकारेर माफी पनि मागिसकेको अवस्थामा यो विषय धेरै तन्किन्छ जस्तो लाग्दैन ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC