site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सफल व्यक्तिहरु दिनमा कति घण्टा सुत्छन् ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । एप्पल कम्पनीका टिम कुकदेखि गायिका डली पार्टनसम्म विश्वका अधिक सफल व्यक्तिहरुले बिहान चाँडै उठ्नुले नै उनीहरुको उत्पाकत्व बढाउने गरेको बताउँदै आएका छन् । 

तर उत्पादनशीलता, सफलता अनि स्वास्थ्यका लागि राम्रो निद्रा पनि उत्तिकै महत्वपूर्ण पक्ष मानिएको छ । 

मंगलबार सफल उद्यमीका रुपमा रहेका इ–कमर्स कम्पनी ‘सपिफाइ’ का स्ंसाथपक टोबिआस लुट्केले यसैबारे ट्वीट गर्दै काममा सफल हुनका लागि आफूले पूरै रात राम्ररी निदाउनुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले लेखेका छन्, “मलाई कम्तिमा पनि ८ घण्टा सुत्नैपर्छ जुन कुरा सायद सबैमा लागु हुन्छ होला ।” 

अमेरिकाको एकेडेमी अफ स्लिप मेडिसिनले पनि यसअघि वयश्कहरुलाई सातघण्टा वा सो भन्दा बढी सुत्न सुझाव दिँदै आएको छ । 

Global Ime bank

पछिल्लो समय ट्वीटरमा यसबारे विभिन्न बहस चलिरहेकाले नै उनले यस्तो ट्वीट गरेका थिए । 

यसबारेमा कम्पनी बेस क्याम्पका कार्यकारी प्रमुख जेसन फ्राइडले भनेका छन्, “कर्मचारीहरुले धेरै लामो समयसम्म लगातार काम गरिरहनुपर्ने अवस्था आउनुको अर्थ उक्त कम्पनी झरिसकेको भन्ने बुझिन्छ ।”

तर अर्कोतर्फ बिटकोइन कम्पनी मेसारीका सहसंस्थापकले भने २० को उमेरमा पनि हामीले बिदामा र रातिको सिफ्टमा काम गरेनौँ भने कहिल्यै सफल करिअर हुन नसक्ने बताएका हुन् । 

यता विश्वचर्चित व्यक्तित्वहरुले पनि यसअघि निद्रा अतिआवश्यक कुरा भएको बताउँदै आएका छन् । 

जस्तै माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सका अनुसार आफ्नो करिअरको सुरुवातमा उनी रातभर काम गर्ने गर्दथे । 

उनले हालै यसबारे ब्लग लेखेका हुन् जसमा भनेका छन्, “मलाई थाहा थियो म केबल क्याफिन र एड्रनलाइनको भरमा काम गरिरहँदा मेरो दिमाग राम्रो अवस्थामा थिएन । तर पनि कामप्रति मेरो अत्यन्तै धेरै लगाव थियो । त्यसैले मलाई धेरै सुत्नु अल्छि हुनु हो जस्तो लाग्थ्यो ।” 

यसरी विश्वका सर्वाधिक धनीमा पर्ने गेट्स अहिले भने कम्तिमा पनि सातघण्टा सुत्ने गरेको बताउँछन् । 

उनले सबै मानिसहरुलाई त्यति आराम जरुरी रहेको सुझाव समेत दिएका हुन् । 

चिनियाँ अर्बपति ज्याक माले पनि सुत्नुले नै आफूलाई सम्पूर्ण तनावबाट राहत दिलाउने र समस्या समाधानको क्षमतामा सुधार ल्याउन मद्दत गर्ने बताएका छन् । 

कम्पनी अलिबाबाका संस्थापक ज्याक माले २०१९ को विश्व आर्थिक फोरममा बोल्दै भनेका हुन्, “म राम्ररी सुतिनँ भने समस्या यथावत रहिरहने गर्दछ । तर पर्याप्त निद्रा पुर्याएको छु भने चुनौतिहरुसँग लड्न सक्ने सम्भावना बढ्न पुग्छ ।” 

यसरी थुप्रै अनुसन्धानहरुले ज्याकको भनाइ समर्थन गरेका छन् जसमा निद्राको अभावले मान्छेका निर्णय लिने, नयाँ रचना गर्ने, स्मरण लगायतका बौद्धिक क्षमतामा नकारात्मक प्रभाव पार्ने पुष्टि गरिसकेका छन् । 

अमेजोनका मालिक जेफ बेजोसले पनि दिनमा आठ घण्टा सुत्नुले नै उनलाई उच्च स्तरका निर्णय लिनमा मद्दत पुर्याउने गरेको बताएका छन् । 

२०१६ मा थ्राइभ ग्लोबलसँगको कुराकानीमा उनले भनेका हुन्, “आठघण्टा सुत्नुले ममा धेरै फरक पार्दछ जसकारण पनि म यसलाई प्राथमिकतामा राख्न नियमित प्रयास गरिरहेको छु । त्यति आरामले नै मलाई आवश्यक ऊर्जा र काममा उत्साह दिलाउन सक्छ ।”

एनबीएका लेजेन्डरी बास्केटबल खेलाडी लेब्रोन जेम्सले पनि शारीरिक र मानसिक दुवै रुपमा दिनहुँ आफूलाई चुस्त राख्नु पर्ने हुँदा आफ्नो तालिकामा निद्रा र सुत्ने समयको ठूलो भूमिका रहेको बताएका छन् । 

जेम्सले आफू कम्तीमा पनि दिनमा आठ घण्टा सुत्ने गरेको र कहिलेकाहिँ यसलाई नौ घण्टा पुर्याउने कोशिश गर्ने बताए ।

२०१८ को द टिम फेरिस शोमा बोल्दै उनले पर्याप्त निद्रालाई नियमति बानीमा परिणत गर्नु नै स्वस्थ रहने सबैभन्दा उत्तम तरिका भएको बताएका थिए ।  सीएनबीसी  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC