site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जेठो सन्तान हुनु राम्रो हो ? कान्छा सन्तान सबैका प्यारा ! 
Sarbottam CementSarbottam Cement

बीबीसी । जन्मको क्रमले बालबालिकाहरुको व्यक्तित्वमा पार्ने असरबारे वैज्ञानिकहरुले समेत आश्चर्य व्यक्त गर्ने गरेका छन् ।

सबैको घरमा जेठो सन्तान भन्नासाथ जिम्मेवारी जोडिएर आउँछ भने कान्छोलाई चाहिँ बढी माया पाएको सन्तानका रुपमा हेरिन्छ । यसबीच माइलो वा बीचका सन्तान भने धेरै अवस्थामा नजरअन्दाज हुने गरेको प्रायः परिवारमा देखिएको छ । 

हामीले यि कुरामा ध्यान नदिए पनि यो सबै परिवारको वास्तिविकता रहेको विज्ञहरु बताउँछन् ।  यसबीच वैज्ञानिकहरुले यो विषयलाई ‘बर्थ अर्डर थेउरी’ अर्थात जन्मक्रम सिद्धान्तको नाम दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जसले पारिवारमा हाम्रो स्थानले हाम्रो आनीबानी, व्यवहारिक शैली र व्यक्तित्व प्रभावित भइरहेको हुन्छ भन्ने जनाउँछ ।  यसमा अष्ट्रेलियाका एक ऐतिहासिक फिजिसियन र साइकोथेरापिस्ट अल्फ्रेड एल्डरको अध्ययनलाई अहिलेसम्म पनि सबैभन्दा महत्वपूर्ण मानिन्छ । 

त्यतिबेला उनले परिवारमा हुर्किएर पनि फरक व्यवहार र व्यक्तित्व भएका बालबालिकालाई राम्ररी बुझ्ने प्रयास गरेका थिए ।  उनी आफू चाहिँ सात जनामध्ये दोस्रो अर्थात् माइलो सन्तानमा पर्दथे । 

Global Ime bank

यसबीच १९२७ मा एल्डरले पहिलो, दोस्रो, कान्छो गरी परिवारमा जन्मिने क्रमले मान्छेको व्यक्तित्वमा अत्यन्तै  ठूलो प्रभाव पार्ने खुलासा गरेका थिए ।  उनका अनुसार अभिभावकले सबै बच्चाहरुलाई उनीहरुको जन्म क्रम अनुरुप भिन्दाभिन्दै व्यवहार गर्ने गरेकाले नै यस्तो हुन्छ ।

यसका साथै उनले अभिभावकहरुले बच्चाहरुलाई एकअर्कासँग तुलना गर्ने गर्नुले पनि तिनमा आफूलाई अरु भन्दा कम सम्झिने एक किसिमको हीन भावना जाग्रित गराउने गरेको पत्ता लगाएका थिए ।  त्यसैबेलादेखि अनुसन्धानकर्ताहरुले जन्म क्रम अनुसार सन्तानको व्यक्तिगत गुणबारे अझ बढी जानकारी हासिल गरेका हुन् । 

जस्तै यसमा जेठो छोरा प्रायः सबैलाई खुसी पार्ने, जिम्मेवार, विश्वसनीय र ठानिन्छ ।  तर ऊसँग मालिक प्रवृत्तिको र सबैलाई नियन्त्रणमा राख्ने किसिमको गुण पनि हुन्छ । 

यसरी जेठो सन्तानले पहिले अभिभावकले पूरा ध्यान पाइरहेको हुन्छ तर दोस्रो सन्तानको आगमन पछि भने उसले आफूलाई बेवास्ता गरिएको महसुस गर्छ । चर्चित जेठा सन्तानहरुमा विन्सटन चर्चिल र जेके रोलिङ पर्दछन् । 

त्यस्तै माइलो वा बीचका सन्तान चाहिँ प्रायः धेरै कुराबाट किनारा लगाइएका हुन्छन् भने धेरै अवस्था नजरअन्दाज गरिएको महसुस गर्छन् ।  त्यसैले उनीहरु अधिकांश समय घरमा शान्ति कायम राख्ने पात्र बन्न पुग्छन् ।  उनीहरुमा जस्तो सुकै वातावरणमा पनि आफूलाई सजिले ढाल्न सक्ने व्यक्तित्व विकास भएको हुन्छ । चर्चित दोस्रा सन्तानमा बिल गेट्स र अमेरिकी गायिका मडोना पर्छिन् । 

यता सबैभन्दा कान्छो सन्तान चाहिँ प्रायः आफैँमा मात्र केन्द्रित र चतुर किसिमको, रमाइलो र सबैका प्यारा हुन्छन् ।  तर यसमा कान्छो भए पनि यिनले आफूप्रति सबैको ध्यानाकर्षण गराउन धेरै प्रयास गरिरहेका हुन्छन् भने परिवारबाट आफ्नो स्वतन्त्रता कायम राख्न पनि यिनले संघर्ष गर्नुपर्ने हुन्छ ।

यसकारण पनि यिनीहरु अन्य दाजुभाइ दिदीबहिनी भन्दा धेरै फरक देखा पर्छन् । चर्चित कान्छा सन्तामा माहात्मा गान्धीको नाम आउने गर्दछ ।   यसेगरी एक्ला सन्तानहरुबारे पनि एड्लरले थुप्रै खुलासा गरेका छन् ।  एक्ला सन्तानहरु प्रायः आफ्नो मात्र ख्याल गर्ने, स्वार्थी, स्वतन्त्र, सबैको स्वीकृति पाउन खोज्ने, अनि परिपक्व प्रवृत्तिका हुन्छन् ।

उनीहरु सानैदेखि एक्लै हुर्किने हुँदा यिनमा बानी कि जेठो कि कान्छो सन्तानको जस्तो गुण हुने बताइएको छ ।  चर्चित एक्ला सन्तानहरुमा हेरि पोटरको पात्र निर्वाह गरेका विश्वचर्चित अभिनेता ड्यानिअल रेडक्लिफ र लिओनार्दो दा भिन्सी रहेका छन् । 

यसरी १९९६ मा अमेरिकी साइकोलोजिस्ट फ्रयांक सलोवेले पनि जन्मक्रम अनुरुप बालबालिकाको व्यक्तित्वमा देखिने भिन्नतालाई डार्बिनको प्रतिस्पर्धा र अस्तित्वको सिद्धान्तसँग जोडेका थिए । उनका अनुसार डार्बिनको सिद्धान्त जसरी नै सबै परिवारमा प्रत्येक बालबालिकाले अभिावकको ध्यान केन्द्रित गराउन ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

उदाहरणका लागि जेठो सन्तानले भाइ या बहिनीको आगमनपछि तिनको पनि ख्याल राख्ने जिम्मेवारी लिनुपर्ने हुन्छ भने यसैकारण उनीहरुले फरक तरिकाले व्यवहार गर्नुपर्ने र नयाँ बानीहरु विकसित गर्नुपर्ने हुन्छ ।  त्यसो गर्नुले बालबालिकाबीच प्रतिस्पर्धा धेरै घटाइदिन्छ भने पारिवारिक सहकारितालाई बढावा दिन्छ । 
यसले सबैको अस्तित्व कायम रहने सम्भावना वृद्धि गराउँछ । 

यसरी समयसँगै यो विषयमा गरिएका अनुसन्धानबारे विभिन्न धारणा व्यक्त गरिएको छ ।  जसमा कतिले एल्डरको थेउरीको समर्थन गरेका छन् भने कोहीले चाहिँ उनका खोजलाई बेवास्ता गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC