site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हिसान स्पोर्टस्मा चार कलेज विजयी
Sarbottam CementSarbottam Cement

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा कोशी क्याम्पस एभरेष्ट पथरी, एभरेष्ट कलेज, सिटी कलेज र अरनिको कलेज विजयी भएको छ । 

मंगलबार भएको क्रिकेटमा कोशी क्याम्पस र कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोवास कलेजलाई १ सय २६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १८३ रनको विशाल योगफल तयार पारेको थियो । कोशीका लागि अमित मण्डलले ४१ रन बनाउँदा कालीचरण यादव र अमित यादवले २३-२३ रनको योगदान गरे । कोवासका  रितिक महतोले ३ विकेट र अनिल ढकालले २ विकेट लिए । 

१ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको कोवासले १८ दशमलव १ बलमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । कोवासका आनन्द साहले १० रन जोडे । कोशीका म्यान अफ द म्याच सवास यादवले ३ विकेट तथा सोनस मण्डल र श्रवण किस्कुले २-२ विकेट लिए ।

Global Ime bank

त्यसैगरी दोस्रो खेलमा एभरेष्ट कलेज पथरीले विद्याभूमि कलेजलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सया ८१ रनको विशाल योगफल तयार पारेको थियो । एभरेष्टकालागि म्यान अफ दी म्याच आकाश खत्रीले ८० रन बनाउँदा दिनेश पोखरेलले २२ रनको योगदान गरे । विद्याभूमिका  राकेश राजवंशीले ३ विकेट र सरिफ नवाफले २ विकेट लिए । 

१ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको विद्याभूमिले  निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १८ बनाउन सक्यो । जस्मा  रोशन भण्डारीले १८ रन बनाउँदा विल मगरले २६ रन जोडे । एभरेष्टका आकाश खत्री र विकेन थापाले समान २-२ विकेट लिए ।

फुटबलमा एभरेष्ट कलेज, सिटी र अरनिको कलेज विजयी भएका छन् । पहिलो खेलमा एभरेष्ट कलेजले विद्या भुमी कलेजलाई ३-० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका एल्सन राजभण्डारीले तीने गोल गरेका छन् ।

दोस्रोे खेलमा सिटी कलेजले सिर्जना कलेजलाई ५-० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिटीका सन्तोष श्रेष्ठले ४ गोल तथा भुपेन्द्र खवासले १ गोल गरेका छन् भने पराजित सिर्जनाका अनिष चौधरीले १ गोल गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC