site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना भाइरसको जोखिममा नेपाल, के छ तयारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको चिकित्सकहरुले बताएका छन् । 

उक्त भाइरस दक्षिण कोरिया थाइल्यान्ड र जापानमासमेत देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले चीनमा हाल देखिएको कोरोना भाइरस नयाँ प्रकारको भाइरस भएको जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख विवेक लालले चीनमा देखिएको कोरोना भाइरस नेपाल छिर्नबाट रोक्न सबै पर्यटकहरुमा स्वास्थ्य परीक्षणका लागि विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको बताए । “यो भाइरसबाट बच्न नेपालले पनि सतर्कता अपनाएको छ,”उनले भने, “हेल्थ डेस्कको माध्यमबाट प्रभावित राष्ट्रबाट आएका मानिसहरुको विवरण संकलन भइरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले कोरोना भाइरसको संक्रमण भएमा ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिने बताए । उनले भने, “यस भाइरसको संक्रमणपछि ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिनुका साथै संक्रमित व्यक्तिले  हाछ्युँ गर्दा खोक्दा थुक्दा र खकारमार्फत एकबाट अर्को व्यक्तिमा समेत सर्ने हुन्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताउँछन् । चीनमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस भएको र हालसम्म नेपालमा यस्तो भाइरस नदेखियको उनले बताए ।

Global Ime bank

उनले भने, “सो भाइरस नेपालमा छिर्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल विमानस्थलमा स्वास्थ्य हेल्थ डेक्स सुरु गरेको छ । विभिन्न अध्ययन हेर्दा हाल देखिएको सात वटा कोरोना भाइरसहरुमध्ये यो एउटा कारोनो भाइरस रहेका उनले बताए । उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्ने भाइरस हो भने सार्स जनावरबाट मानिसमा सर्ने भाइरस हो ।” यो भाइरस हालसम्म नेपालमा नदेखिएको उनको भनाइ छ ।

मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सबै देशलाई सचेत गराएको छ । 

सन् २००२ मा चीनलगायत ३० देशमा चार सयको ज्यान लिएको सार्स रोग कोरोना भाइरसबाटै फैलिएको थियो  । सन् २०१३ मा चीनकै मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस देखिएको थियो  ।

चिकित्सकहरुका अनुसार कोरोना भाइरसले स्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC