site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दामनबाट फर्किएन दुबईदेखि तीनजना बच्चाको जन्मदिन मनाउन आएको नायर परिवार ...
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको दामनमा निसास्सिएर मृत्यु भएका भारतीय नायर परिवार आफ्ना तीनजना छोराछोरीको जन्मदिन मनाउन युएईको दुबईबाट नेपाल आएको गल्फ न्यूजले समाचार दिएको छ । 

तीनैजना बच्चा जनवरी महिनामा जन्मेका थिए ।  ३९ वर्षीय प्रविण कृष्ण नायर, ३४ वर्षीया पत्नी सारन्या, उनीहरुका तीन छोराछोरी ९ वर्षीय श्रीभद्र, ८ वर्षीया आचा र ७ वर्षीया अभिको शव एयरलिफ्टमार्फत काठमाडौंस्थित अस्पतालमा ल्याइएको सो समाचारमा जनाइएको छ । 

गल्फ न्यूजलाई उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बच्चाको जन्मदिन मनाउनका लागि उनीहरुले हरेकवर्ष फरक गन्तव्य रोज्ने गरेका थिए । 

उनीहरु नयाँ ठाउँमा जान मन पराउँथे । सो परिवार १५ वर्षभन्दा अघिदेखि दुबईमा बस्दै आएको थियो । 

Global Ime bank

उनीहरु भारतको केरलाको त्रिभुवननाथपुरमका हुन् । सो परिवार तथा नायर परिवारका केही सदस्य पोखराबाट फर्किने क्रममा थिए । 

उनीहरु नेपालबाट भारत जाने तयारीमा रहेको हुँदा मकवानपुरको दामनमा बास बस्न पुगेका थिए । 

होटलमा राति बढी चिसो भएको भन्दै राति २ बजे रेष्टुरेन्टमा बलिरहेको ग्यास हिटर सो परिवारले जबर्जस्ती गरेर कोठामा लगेका थिए ।

दुईवटा कोठमा रहेका परिवार बढी चिसो भएपछि एकै कोठामा ग्यास हिटर बालेर सुतेको बताइएको छ ।

दामनको रिसोर्टका म्यानेजरका अनुसार उनीहरुले चारवटा कोठा बुक गरेका थिए । तर, उनीहरु आठै जना एउटै कोठामा बसेका थिए । बाँकी अन्य कोठामा बसेका थिए । सो क्षेत्र समुद्री सतहबाट करिब २५०० मिटरको उचाइमा छ । 

चिसो भएकोले उनीहरुले ग्यास हिटर खोेलेका थिए । दुबईमा आफ्ना नातिनातिना भेट्न गएका सारन्याका पिता शशि थरनले भने,‘‘मेरा तीनैजना नातिनातिना गए ।’’ 

नायर दुबईमा रहेको एक कम्पनीमा काम गर्थे । सारन्या आफ्नो पढाइ मास्टर्स इन फर्मास्युटिकल्स पूरा गर्न कोचीमा हालै फर्केकी थिइन् । 

जहाँ उनी आफ्ना बच्चाहरुसँग बस्थिन् । सारन्या उनका बच्चाको रेखदेखमा संलग्न थिइन् । उनलाई अर्को नाम सान्ध्याका रुपमा समेत चिनिन्थ्यो । 

नायरका साथी ३९ वर्षीय रेजीनाथ कुमार टिबी कोजीकोडेका हुन् । उनकी पत्नी इन्दु ३४, उनीहरुको छोरा भाइसनभ रेजीनाथ तथा अन्य दुई जना पनि त्यही कोठामा सुतेका थिए । 

ती तीन जनाको पनि घटनामा मृत्यु भएको छ । 

त्यो जोडीका दुई बच्चा थिए । अर्को एक छोरा माधव फरक कोठामा भएकोले बचेको जनाइएको छ ।

मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सोमबार राति बेहोस भएर ८ भारतीयको मृत्यु भएको थियो ।

कोठामा बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो । 
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC