site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेढलाख अझै पाइनन् फर्की बुढाले 
Sarbottam CementSarbottam Cement

पोखरा । अगेनामा अँगालोभरि र आँगनमा केही भारी दाउरा राखेर फर्की बुढाले यसपालीको हिउँद कटाउन खोज्दैछिन् । मनमा पति वियोगको पीडा र छोरा गुमाउनुको वियोगले उनको मुटु छियाछिया छ । 

सुल्फामा कक्कड भरेर चाउरिएको मुखबाट धुवाँ उडाउँदै दर्द सहनुबाहेक उनको उल्लेखनीय दिनचर्या केही छैन् ।

रोल्पाको सुनछहरी गाउँपालिका ७ जेल्बाङको हरियो चुना पोतिएको दुइतले सरकारी घरकुरुवा भएर बसेकी छन्, फर्की । फर्कीका पति मंगले बुढा गएको कात्तिकदेखि नफर्किने गरि गए । 

Prabhu Bank
Agni Group
NIC Asia

देशको शासनव्यवस्था बदल्न हिँडेको छोरा भुवन उनीबाट टाढा भएको २३ वर्ष बितेको छ ।

छोराको बलिदानी, पति बिरामी हुँदा आएको उपचार खर्चको मूल्य त्यही सरकारी हरियो घरमा परेको छ । 

Global Ime bank

सहिद घोषित छोराको रगतको मूल्यले घरको आवरण फेरिएको छ, र पनि घर सरकारी छ । 

अहिले सरकारमा रहेका उक्त क्षेत्रबाट निर्वाचित भई उर्जामन्त्री बनेका वर्षमान पुनले फर्की बुढाको घर बनाईदिने घोषणा चुनाव जितेको महिनादिनमै गरेका थिए ।

सुरुमा उनले तत्परता पनि देखाए । बीबीसीको कार्यक्रममा धर्मपत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित फर्कीको घर पुगेका वर्षमानले राजधानी फिरेपछि आफूले नै घर बनाइदिने घोषणा गरेका थिए । 

घोषणाअनुसार घर सम्पन्न पनि भयो र हरियो चुनामाथि खोपिएको शिलालेख अनावरण गर्दै वर्षमानले गतवर्ष माघ ४ गते घरको समुद्धाटन गरिदिए ।

त्यसपछि उनी फर्कीको घर फर्किएका छैनन् । शिलालेखमा लेखिए अनुसार रकम पनि दिएनन् ।

शिलालेखमा लेखिएको छ, ‘भुवन बुढामगरको बाबु मंगले बुढा मगरको आवासघर नेपाल सरकारका माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको आर्थिक सहयोग र अन्य सहयोगी संस्थाहरूको विभिन्न सहयोगमा ११ लाख ७७ हजार पाँच सयको लागतमा निर्माणकार्य सम्पन्न भएकोले माननीय श्री वर्षमान पुनको करकमलबाट समुघाटन सुसम्पन्न भयो ।’

शिलालेखअनुसार वर्षमान पुनले १० लाख ५० हजार रुपैयाँ, जीआर गोर्खा काष्ठ उद्योगले झ्यालढोका, चौकोसका लागि ५२ हजार पाँच सय, एसियन पेन्टले ७५ हजार रुपैयाँको पेन्ट सहयोग गरेको उल्लेख छ ।

“घरमा बसेको छु । सरकारी घर भन्ने मात्रै वृद्धभत्ताबाट आएको पैसा सबै उतै गइहाल्यो । उनीहरू आएर झन् रित्तो बनाएर गए । अहिले त मेरो छोराको सहिदको पैसा पनि गयो,” उनको भनाइ थियो ।

सहिद छोरो, बिमार बुढोको उपचार खर्च सबै घरमा लगानी भएको उनी बताउँछिन् । 

यसबारे मंगले बुढाको घर निर्माण समिति अध्यक्ष राजेन्द्र रोका मगर (दीपक) सँग सम्पर्क गर्दा वर्षमान पुनले एक लाख ५० हजार रुपैयाँ दिन बाँकी रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC