site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाँचसय जनालाई सहुलियतपूर्ण कर्जा नदिने बैंकलाई जरिवाना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाणिज्य बैंकहरुले कम्तिमा पाँचसय जनालाई सहुलियतपूर्ण कर्जा दिनुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म सहुलियत ब्याजदरमा कर्जा नदिए आर्थिक जरिवानाको गराउन लागेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेको जानकारी गराए । 

Prabhu Bank
Agni Group
NIC Asia

कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले चालू आवक अन्त्यसम्म कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि ५ सय जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध नगराए आर्थिक जरिवाना गर्ने नीति लागू गर्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको बताए ।
सहुलियत ब्याजमा दिइने कर्जा नेपाल सरकारले सुरक्षण गरिदिएको छ । 

सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरिदिएको छ । 

Global Ime bank

यो कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि बसिदिएको छ, तर सहुलियत कर्जा वितरणको अवस्थालाई हेर्दा अत्यन्त दयनीय अवस्था छ । 

तर, डेपुटी गभर्नर शिवाकोटी बैंकहरुले यसमा प्राथमिकता नदिँदा सहलियतपूर्ण कर्जाको प्रभावकारिता न्यून रहेको बताउँछन् । उनले भने, “कृषि कर्जाबाहेक तोकिएको अन्य कर्जामा प्रत्येक बैंकले कम्तिमा ५ सय जनालाई सहुलियतपूर्ण कर्जा दिनैपर्छ, नत्र कारवाही गर्छौं।”

शिवाकोटीका अनुसार जरिवाना आर्थिक नै हुने भन्ने प्रस्ताव अघि सारिएको छ । “त्यसैले, गम्भीर भएर सोच्न जरुरी छ,” शिवाकोटीले थपे ।
 
‘कृषिको विकासका लागि नयाँ बैंकिङ विकल्प सोच्ने दिन आए’

शिवाकोटीले कृषि विकास बैंक सरकारको बैंक भएर पनि सरकारको योजना पालना नगरेको आरोप समेत लगाए । 

शिवाकोटीले भने, “कृषि विकास बैंक त सरकारको बैंक । सरकारले ल्याएको कार्यक्रम लागू गर्न तपाईंहरुलाई के ले बाधा पर्‍यो ? यो कुरामा त हामी यहाँहरुलाई छुट गर्ने छैनौं है ।”

उनले पहिलेदेखि दिएको कर्जालाई जोडेर तथ्यांकमा अगाडि देखिने काम भएको आरोप पनि लगाए । 

बैंक नै कृषि विकास बैंक भएकाले पनि सहुलियत कर्जा ५ अर्ब मात्र दिएका छौं भन्न नहुने उनको दाबी छ ।

प्रमुख कार्यकारी अधिकृतले २५ सय जनालाई सहुलियत कर्जा दिएको दाबी गरेका थिए । 

जसमा कुल ५ अर्ब लगानी गरेको उल्लेख छ । 

शिवाकोटीले थपे, “पहिलेदेखि दिएको कृषि कर्जा जोडेर थुप्रै गर्यो भन्ने ? यो अत्यन्तै न्यून संख्या हो । गम्भीरकता साथ सोच्नुस् ।”

उनले कृषि विकास बैंक वाणिज्य बैंक बनेपनि थप व्यावासायीक बन्दै गर्दा कृषि क्षेत्रलाई बिर्सनु नहुनेमा जोड दिए । 

उनको सुझाव छ, “कमसेकम हिजो गरेका लगानीका क्रमलाई जारी राख्नुस् ।” 

नत्र कृषिको विकासमा सरकारले नयाँ विकल्प सोच्नुपर्ने बेला आएको उनले बताए ।

उनले बैंकिङ क्षेत्रमा जोखिम थपिएको बताउँदै बैंकका बोराका बोरा चेक चोरिएको–लुटिएको दाबी गरे । 

शिवाकोटीले भने, “ग्राहकको खाताको हस्ताक्षर चोरिए । त्यसैले बैंकहरुले यस्ता जोखिम कम गर्नुस् । कर्मचारीको क्षमता अभिवृद्धि गर्नुस् । जोखिम न्यूनकिरणको निर्देशिका बनाउनुस् । सुझाव प्रतिवेदन बनाएर कार्यान्वयन गर्नुस् । कर्मचारीका बीचमा कुहिएको आलु छ भने त्यसलाई बहिस्कार गर्नुस् ।”
 
सरकारी बैंकका कर्मचारीलाई आधामात्र बोनस

वार्षिकोत्सका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले देशको गरिबी निवारणमा महत्वपूर्ण भूमिका बैंकले खेलेको दाबी गरे । 

उनले सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । 

उपाध्यायले १० लाखभन्दा कमको कर्जाको भार ८४ प्रतिशत हुनुले यसलाई पुष्टि गर्ने दाबी गरे ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि विकास बैंकले व्यवसाय विस्तारमा गरेको उपलब्धी र उत्कृष्ट वाणिज्य बैंकमध्ये तेस्रो हुन सफल भएको भन्दै प्रशंसा गरे । 

उनले निजी क्षेत्रका वाणिज्य बैंकका कर्मचारीले जस्तै नाफाको १० प्रतिशत बोनस खान पाए अझै राम्रो हुने बताए ।

उनले भने, “हामी निजी क्षेत्रमा काम गर्ने बैंकका मान्छे नाफाको १० प्रतिशत बोनस खान्छौं तर सरकारी बैंकमा काम गर्नेहरु हामीसँगै प्रतिस्पर्धा गर्नुहुन्छ । एकाधिकार पनि छैन तर ५ प्रतिशत मात्रै बोनस पाउनुहुन्छ ।”

बैंकले अहिलेसम्म १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब १७ अर्ब पुर्‍याएको छ । 

बैंकले कुल कर्जाको ८४ प्रतिशत १० लाख भन्दा कमको साना तथा मझौला कर्जा रहेको जनाएको छ । 

त्यस्तै बैंकले सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने तयारी समेत गरेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC