बेइजिङ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरस अझै फैलन सक्ने चेतावनी दिएका छन् ।
उनीहरुका अनुसार चीनमा सो भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ र ४४० जनालाई संक्रमण भइसकेको छ ।
नेशनल हेल्थ कमिसनका अधिकारीहरुले चीन अहिले सो भाइरसबाट जोगिन र नियन्त्रणका लागि गम्भीर अवस्थामा रहेको समेत जनाएका छन् ।
चीनका अधिकारीहरुले सो भाइरस मानवबाट मानवमा फैलिइरहेको हिजो मात्रै पत्ता लगाएका थिए ।
तर, सो संक्रमणको वास्तविक कारण के हो भन्ने बारेमा चीनले अझै पनि पत्ता लगाइनसकेको जनाइएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ली बीनले आज बुधबार पत्रकार सम्मेलनमा सो भाइरसको संक्रमणको कारण र रुट अझै पूर्ण रुपमा जानकारी नभएको बताएका थिए । (बीबीसीबाट)