site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपतिविरुद्धको महाअभियोगमाथि सिनेटमा सुनुवाइ सुरु
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ  । 

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन नेता मिच म्याककोनेलले मुख्य साक्षी वा दस्तावेज रोक्न चाहेको भए पनि विपक्षी डेमोक्रयाटले त्यसलाई पर्दा लगाउने विषय भन्दै आलोचना गरेको छ । 

डेमोक्रयाट्सले महाअभियोग सम्बन्धी सुनुवाईको नियम फेर्न चाहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्पमाथि युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको र कंग्रेसलाई उनको आचरणको बारेमा जाँच गर्नबाट रोकेको आरोप लगाइएको छ । 

ट्रम्पले यो आरोपको खण्डन गरेका छन् । सिनेटरहरुले निस्पक्ष न्यायाधीशको जस्तै काम गर्ने शपथ खाएका छन् ।

Global Ime bank

यो प्रक्रिया अब हप्ताको ६ दिन र दैनिक ६ घण्टा चल्नेछ । यस सम्बन्धी सुनुवाई अमेरिकाका प्रधानन्यायाधीशको अध्यक्षतामा भइरहेको छ । 

अमेरिकी इतिहासमा यस पटक तेस्रो व्यक्तिले महाअभियोगको सामना गर्नु परिरहेको छ । 

रिपब्लिकनको बहुमत भएको सिनेटमा राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास हुने सम्भावना भने लगभग नभएको बताइँदै आएको छ । 

रिपब्लिकन पार्टीले सुनुवाईको समय घटाउन दबाब दिँदै आएको छ । 

ट्रम्प भने अहिले स्वीजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन गएका छन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC