site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानका प्रधानमन्त्रीबारे ट्रम्पको टिप्पणी–‘धेरै असल मित्र’ 
Sarbottam CementSarbottam Cement

डाभोस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका छन् । दुईपक्षबीचको भेटअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले पाकिस्तानका प्रधानमन्त्रीलाई ‘धेरै असल मित्र’ भनेका थिए ।

ट्रम्पले भने,‘‘हामी काश्मीरको बारेमा तथा भारत र पाकिस्तानबीच के भइरहेको छ भन्ने बारेमा कुरा गर्न गइरहेका छौं, यदि हामीले मद्धत गर्न सक्यौं भने निश्चित रुपमा गर्नेछौं । हामीले आँखा लगाइरहेका छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

सोही अवसरमा पाकिस्तानका प्रधानमन्त्री खानले अमेरिकाले समश्या समाधानको लागि आफ्नो भूमिका निर्वाह गर्ने आफूलाई आशा भएको बताएका थिए ।

उनले भनेका छन्,‘‘पाकिस्तानमा हाम्रो लागि भारत एक ठूलो मुद्दा हो र हामी सधैं यो अपेक्षा गछौं कि अमेरिकाले यो मुद्दालाई समाधानमा आफ्नो भूमिका निर्वाह गरोस् किनकि अर्को कुनै देशले यसो गर्न सक्दैन ।’’

Global Ime bank

भारतले भने काश्मीर मामिला भारतको आन्तरिक मामिला भएको जनाउँदै आएको छ ।  (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC