site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पश्चिमी वायुको प्रभाव सकियो : मौसम अधिकांश स्थानमा सफा, तराईमा भने हुस्सु र कुहिरो
Ghorahi CementGhorahi Cement

काठमाडौं । हिजो नेपालमा सक्रिय पश्चिमी वायुको प्रभाव आज भने सकिएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् गंगा नगरकोटीले हिजोको तुलनामा राजधानी काठमाडौंको तापक्रम आज घटेको बाह्रखरीसँगको कुराकानीमा जनाइन् । 

हिजो न्यूनतम तापक्रम २ दशमलब ७ डिग्री सेल्सीयस रहेकोमा आज बिहान भने १ दशमलब ६ डिग्री सेल्सीयसमा झरेको छ ।

Agni Group

गएको सोमबार बिहान भने १ दशमलब ५ डिग्री सेल्सीयस रहेको थियो । राजधानीमा न्यूनतम तापक्रम सामान्य थपघट भइरहेको उनले जनाइन् । 

देशको तराई भूभागका अधिकांश स्थान लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले उल्लेख गरेको छ ।

Global Ime bank

आज दिउँसो मौसम सामान्यतया सफा रहने र  तराईका भूभागमा भने  हुस्सु र कुहिरो रहने जनाइएको छ । 

भोलि बिहीबार र पर्सि शुक्रबार पनि मौसम देशैभर सामान्यतया सफा रहने जनाइएको छ । 

तर, तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव रहने पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC