site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 एन आई सी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी, एम्नील टेक्नोलोजीबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । एन आई सी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालका बीच एन्टी मनि लाउन्ड्रीङ्ग सम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजी लिको तर्फबाट वितरणतर्फका उपाध्यक्ष अमित शर्मा, एम्नील टेक्नोलोजि प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र यो प्रविधिको कार्यान्वयन पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेका मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले जनाएको छ । यसले सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको जनाएको छ । 

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC