site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवाद समाधानका लागि कांग्रेसका शीर्ष नेता छलफल गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानका लागि बुधबार (आज) शीर्ष नेताहरुबीच छलफल हुँदैछ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच छलफल हुने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सभापति देउवाले वरिष्ठ नेता पौडेललाई छलफलका लागि आप्mनै निवास बूढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाका सहयोगी भानु देउवाले दिउँसो ३ बजेका लागि तय गरिएको बैठकमा पार्टीभित्रको पछिल्लो समस्या सामाधानका लागि छलफल हुने जानकारी दिए । 

यसअघि गत पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । वरिष्ठ नेता पौडेल उपचारका लागि भारतको नयाँदिल्ली जानुपूर्व भएको उक्त छलफलमा दुबै पक्षले गठन गरेका कार्यदलले अनौपचारिक छलफल गरी समस्या समाधानका लागि पहल गर्नेबारे सहमति जुटेको थियो ।

Global Ime bank

यसबीचमा उपसभापति विमलेन्द्र निधि, पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्य प्रकाशमान सिंह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाबीच सानेपामा पटकपटक छलफल भइसकेको छ । 

पछिल्लो समय गत आइतबार भएको अनौपचारिक छलफलमा नेतात्रयबीच तत्काल सहमति निर्माण गरी अघि बढ्ने बिषयमा सहमति जुटेको थियो । 

स्रोतका अनुसार सभापति देउवा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राखेर तल्लो तहका संरचनाको अधिवेशन मिति सच्याउन सकारात्मक देखिएका छन् । यस्तै इतर समूहको बहिष्कारका बीच बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन प्रयोजनका लागि निलम्बन गरेका विधानका धाराहरु फुकुवा हुने पनि सम्भावना देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC