site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : प्रदेश राजधानी पुग्दै मतदाता
Sarbottam CementSarbottam Cement

सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख-उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम सुरु भइसकेको छ ।

निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख-उपप्रमुख आउने क्रम सुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मंगलबारै प्रमुख-उपप्रमुख वीरेन्द्रनगर आइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त महिला १ र अन्य समूहको १ गरी दुई पदका लागि भोलि निर्वाचन हुँदै छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बीसी तथा नेपाली कांग्रेसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन् । 

नेकपाले आज प्रदेश पार्टी कार्यालयमा भेला बोलाएको छ । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश इन्चार्ज, सहइन्चार्ज, १० वटै जिल्लाका जनप्रतिनिधि, जिल्ला इन्चार्ज, सचिवलाई भेलामा बोलाइएको बताए । “मतदाता र उम्मेदवारबीच परिचयात्मक अन्तर्क्रियाका लागि भेला बोलाइएको हो,” उनले भने, “अधिकांश मतदाता प्रतिनिधि आइसक्नुभएको छ, केही आजै आइपुग्नुहुन्छ ।” कांग्रेसले भने मतदातासँग समन्वय गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका सभापतिलाई दिएको छ । 

Global Ime bank

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता मण्डल हुन् । कर्णालीमा ४० प्रदेशसभा सदस्य तथा १५८ स्थानीय तहका प्रमुख-उपप्रमुख छन् । नेकपाले ४० मध्ये ३३ प्रदेशसभा सदस्य र १५८ मध्ये ५३ स्थानीय तह जितेको छ । मतभार निकै फरक अन्तर भएकाले कर्णालीमा पनि नेकपाका उम्मेदवार मतदाता, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । 

यहाँ नेकपाको कुल ३ हजार ५६४ तथा कांग्रेसको ९९० मतभार छ । राप्रपाको ६६ र स्वतन्त्रको १०८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC