site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एसिया र इन्फ्रासफ्टबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनआईसी एसिया बैंकले नेपालको एम्निल टेक्नोलोजी र भारतको इन्फ्रासफ्ट टेक्नोलोजीसँग सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजीको वितरणतर्फका उपाध्यक्ष अमीत शर्मा र एम्निल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमीत जोशीले हस्ताक्षर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड–टु–इन्ड एएमएल सोलुसन उपलब्ध गराउने छ । यो प्रविधिको कार्यान्वयनपश्चात् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायले तोकेको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले जनाएको छ । यसले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको जनाएको छ । 

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरूले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको जनाएको छ ।

Global Ime bank

नवीनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अवलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ शाखाबाट डिजिटल प्रविधिमार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC