site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारको ध्यान ठूला विद्युत् आयोजनामा 
Ghorahi CementGhorahi Cement

काभ्रे । सरकारले अब ठूला क्षमताका जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । 

१० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो । रामेछाप र काभ्रेको सीमानामा पर्ने जलाशययुक्त सुनकोसी २ र सुनकोसी ३ आयोजनास्थल भ्रमणका लागि आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्युत् देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए । ऊर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्त्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गरे । 

Agni Group

अपर तामाकोसीदेखि सुनकोसी १, सुनकोसी २, सुनकोसी ३ र कोसी उच्च बाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाजसमेत चलाउन सकिने स्पष्ट गरे । ‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ,’ मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुद्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं ।’ सुनकोसी २ र ३ को बहुआयामिक महत्त्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे । 

आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए । ‘सरकार जनताको अभिभावको हो । जसरी बाबुआमाले छोराछोरीको संरक्षण गर्छन्, सरकारले पनि आफ्ना जनताको संरक्षण गर्छ,’ उनले भने, ‘अन्यत्रै जसरी दिने गरिएको छ, सुनकोसी २ र ३ बन्दा सरकारले त्यसरी नै उचित मुआब्जा दिन्छ, स्थानीयलाई रोजगारीमा प्राथमिकता हुन्छ ।’ 

Global Ime bank

सुनकोसी ३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको जानकारी उनले दिए । तर, सुनकोसी २ को भने अध्ययनको काम जारी रहेकाले अझै भन्न नसकिने उनको भनाइ थियो । सुनकोसी २ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महँगो पर्न सक्ने मन्त्री पुनले स्पष्ट गरे । ‘‘सुनकोसी २ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ ।

त्यसकारण सुनकोसी ३ भन्दा केही महँगो पर्न जान्छ,’’ मन्त्री पुनले भने, ‘‘लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन, तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ ।’’

सुनकोसी ३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी २ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा स्थानीयसँग मन्त्री पुनले छुट्टाछुट्टै अन्तर्क्रिया गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC