site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाको लक्षण नै नदेखिएकी एक महिलाद्वारा पाँचजना संक्रमित
Sarbottam CementSarbottam Cement

बेइजिङ । कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएकी एक महिलाद्वारा पाँच आफन्त संक्रमित बनेका छन् । कोरोनाको इपिसेन्टर वुहानबाट ४०० माइल यात्रा गरेर उत्तरी एन्याङ पुगेकी २० वर्षीय ती चिनियाँ महिलामा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । तर, पनि उनीबाट फैलिएको कोरोनाबाट पाँचजना आफन्त संक्रमित बनेका छन् । 

कुनै लक्षण नदेखिएर पनि कोरोनाको संक्रमण फैलिनसक्ने शुक्रबार चिनियाँ वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरेका छन् । जर्नल अफ अमेरिकन मेडिकल एसोसियसनमा प्रकाशित अध्ययन प्रतिनवेदनमा कोरोना भाइरस कसरी फैलिन्छ र यसलाई नियन्त्रण गर्न किन समस्या भइरहेको छ भन्‍ने विषय उल्लेख गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

"वैज्ञानिकहरुले सोध्ने गरेका छन् कि यदि तपाईंलाई लक्षण नदेखिएरै संक्रमण भएको हुनसक्छ ?, जवाफ पक्का पनि 'एस' हुन्छ," अनुसन्धानमा संलग्‍न नभएका भेन्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरका संक्रामक रोग विशेषज्ञ डा. विलियम साफनरले भने । 

अनुसन्धानकर्ताहरुले कुनै पनि लक्षण नदेखिएको व्यक्तिबाट पनि कोरोनाको संक्रमण फैलिएको जनाएका छन् । "भाइरसको संक्रमण भएको वुहानबाट संक्रमण नफैलिएको ठाउँमा  यात्रा गरेकी ती कोरोनाको लक्षण नै नदेखिएकी महिलाबाट एक परिवारका पाँच जना संक्रमित बनेका छन् । तपाईंसँग फिजियसनको समूह थियो र तुरुन्त सबैको परीक्षण भयो," डा. साफनरले भने । 

Global Ime bank

जेङ पिपुल्स अस्पतालका डा. मियुन वाङका अनुसार जनवरी १० मा ती महिला वुहानबाट एन्याङ गएकी थिइन् र थुप्रै आफन्तहरुलाई भेटेकी थिइन् । जब उनीहरु बिरामी हुँदै गए, त्यसपछि चिकित्सकले ती महिलालाई अलगै राखेका थिए । सुरुमा ती महिलामा कोरोना परीक्षण गर्दा 'नेगेटिभ' रिपोर्ट आएको थियो । तर, पछिल्लो परीक्षणमा भने उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो । 

उनीसँगै उनका पाँच आफन्तमा पनि कोभिड-१९ भएको फेब्रुअरी ११ मा पुष्टि भएको थियो । तर, ती महिलामा भने अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनको छातीको सीटी गर्दा पनि सामान्य नै छ । उनलाई ज्वरो पनि आएको छैन र स्वासप्रश्वास पनि सामान्य छ । उनको पेटमा पनि कुनै समस्या छैन भने रुघाखोकी पनि लागेको छैन । उनको घाँटीमा पनि कुनै समस्या छैन । 

चीनमा करिब ७५ हजार ५६७ जना कोभिड-१९ बाट संक्रमित भएका छन् भने २२ सय ३९ जनाको मृत्यु भइसकेको छ । यो भाइरस विश्वभरका २६ मुलुकमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । राेयटर्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC