राजनीति
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेतर्फबाट मेयरका उमेदवार रामेश्वर श्रेष्ठले २८५ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा माओवादी केन्द्र छ । केन्द्रका शिब कट्टेलले २३३ मत प्राप्त गर्दा कांग्रेस भने तेस्रो स्थानमा छ । कांग्रेसका महेश खड्काले १३८ मत प्राप्त गरेका छन् ।
राप्रपाका अनन्द अधिकारीले ५० मत पाएका छन् । १० वटा वडा रहेको यो नगरपालिकामा २९ हजार ५८८ मतदाता छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४ ११:२४
प्रतिक्रिया दिनुहोस्