site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सेयर बजारमा उतार–चढाव : कारोबार रकम अर्ब नाघ्‍दा नेप्सेमा सुधार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो दिन आइतबार दिनभर उतारचढाव देखिएको सेयरबजार समान्य सुधार भएर बन्द भएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४६ अंकमा बन्द भएको छ । 

सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि बढेर अर्ब नाघेको छ । लकडाउनका कारण लामो समय बन्द रहेको सेयर बजार गत साताबाट खुलेको थियो । लकडाउनपछि बजार खुलेसँगै पहिलोपटक अर्बमाथिको कारोबार भएको हो । आइतबार नेप्सेमा १७२ कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब तीन करोड ३३ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको छ । 

कारोबार सुरु भएदेखि नै नेप्सेमा उतारचढाव देखिएको थियो । सुरुमा बजार ओरालो लागे पनि केही समयमै बजार उकालो लागेको थियो । ११ बजेबाट खुलेको बजारमा ११ बजेर ११ मिनेट जाँदा परिसूचक नेप्से १२४७ अंकमा झरेको थियो । त्यसपछि बढ्न सुरु भएको बजार परिसूचक नेप्से ११ बजेर ३० मिनेट जाँदा आजको सबैभन्दा उच्च विन्दु १२८१ सम्म पुगेको थियो ।  त्यसपछि पुनः ओरालो लाग्न सुरु भएको बजार परिसूचक नेप्से ११ बजेर ५९ मिनेट जाँदा आजको तल्लो विन्दु १२४१ सम्म झर्यो । त्यसपछि नेप्से पुनः बढ्न सुरु गरेर २ बजेर २ मिनेट जाँदा १२७५ सम्म पुगेको थियो भने अन्तिम समयमा पुनः ओरलो लागेको बजार फेरि बढेर १२६५ मा बन्द भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार नेपाल पुनर्बिमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । गत सातबाट नेप्सेमा कारोबार सुरु भएको कम्पनीको सेयर सर्वाधिक १५ करोड १२ लाख ४२ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख ५९ हजारको कारोबार भएको छ । 

 

Global Ime bank

 

यस्तै नबिल बैंकको चार करोड २४ लाख १३ हजार, एनएमबी बैंकको चार करोड  ११ लाख ६५ हजार र हिमालयन डिस्टिलरीको चार करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

आइतबार नेप्सेमा कारोबार भएका १७२ कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७० कम्पनीको घटेको छ भने १८ वटाको स्थिर छ । आइतबार बैंकिङ, होटल जीवन र निर्जीवन बिमा, उत्पादन अन्य र लघुवित्त उपसमूह बढेको छ भने त्यसबाहेकका समूह परिसूचक घटेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC