site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संस्कृति र संस्कार विरुद्ध गीत गाउनेलाई कालो सूचीमा राख्ने निर्णय 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पर्व गीतका नाममा संस्कृति र संस्कार विरुद्ध गीत गाउनेलाई कालो सूचिमा राख्ने निर्णय गरेको छ । 

प्रतिष्ठानले कालो सूचिमा राखेका कलाकारलाई प्रतिष्ठानका कुनै पनि कार्यक्रममा सहभागि हुन नदिने तथा प्रतिष्ठानबाट प्रदान हुने कुनै पनि सुविदा प्रदान नगरिने पनि प्रतिष्ठानले निर्णय गरेको छ । 

गीतमार्फत कला, संस्कृति तथा संस्कारमाथि ख्याल नगरी अभद्रता प्रदर्शन गर्ने कलाकारको पहिचानका लागि प्रतिष्ठानले विकृति विसंगती न्यूनीकरण कार्यदल गठन गरेको छ । उक्त १३ सदस्यीय कार्यदल प्रतिष्ठानका उप महासचिव शिव हमालको संयोजकत्वमा गठन गरिएको हो । 

Agni Group

कार्यदलले कलाकारको काम, कर्तब्य र अधिकारबाहिर गएर कला, साहित्य, संस्कृति र संस्कारलाई भुलेर अभद्र गीतसंगीत गाउनेको पहिचान गर्दै कालो सूचिमा राख्न प्रतिष्ठान समक्ष सिफारिस गर्नेछ । 

प्रतिष्ठानले केही कलाकारलाई पटक पटक बोलाएर सम्झउँदा पनि अटेर गरेको भन्दै नेपाली गीतसंगीतको मर्ममै प्रहार गर्नु दुखद् पक्ष भएको बताएको छ ।
 
कलाकारिता क्षेत्रमा नैतिकता नै सबैभन्दा ठूलो कानुन भएको भन्दै प्रतिष्ठानले सेल्फ सेन्सरसिफमा हेक्का राख्न पनि आग्रह गरेको छ ।  

Global Ime bank

 

 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC