site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बेरुत विस्फोटमा मृत्यु हुनेको संख्या २०० पुग्‍यो, सरकारविरोधी आन्दोलन जारी
Sarbottam CementSarbottam Cement

बेरुत । लेबनानको राजधानी बेरुतमा गत मंगलबार राति भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या २०० पुगेको छ । 

बेरुतका गभर्नर मारवान अब्बोउडले अझै दर्जनौं मानिस बेपत्ता भएको बताएका छन् । बेपत्ता हुनेमध्ये अधिकांश विदेशी कामदार रहेको बताइएको छ । उक्त विस्फोटमा परी करिब ५०० जना घाइते भएका छन् । उनीहरुको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हाल सेनाले उनीहरुको खोजी गरिरहेको छ । विस्फोटको मुख्य कारण एक गोदाममा वर्षौंदेखि राखिएको दुई हजार ७५० टन अमोनियम नाइट्रेट भएको राष्ट्रपति माइकल आओनले बताएका थिए । 

उक्त विस्फोटपटि सहर खण्डर बनेको छ । विस्फोटमा सरकारको कमजोरी मुख्य कारक भएको बताउँदै जनताहरु आन्दोलित भएका छन् । आइतबार राति पनि ठूलो प्रदर्शन भएको थियो । आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । 

Global Ime bank

उक्त विस्फोटपछि मानिसहरु विस्फोटबाट तहसनहस भएका घरमै रात काट्न बाध्य भएका छन् । अधिकांश घरका झ्याल छैनन् भने कतिवटा घरमा ढोकासमेत छैनन् । 

संयुक्त राष्ट्रिय नियोगहरुले लेबनानमा मानवीय संकट आउने बताएका छन् । राष्ट्रिय संघीय नियोगले तत्काल खाद्यान्‍न र स्वास्थ्य सामग्री उपलब्ध गराइनुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय दाताहरुले लेबनानका लागि २९७ मिलियन अमेरिकी डलरको सहयोग प्रतिबद्धता व्यक्त गरेका छन् । विस्फोटलगत्तै लेबनान पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले उक्त सहयोग सम्मेलनको आयोजना गरेका हुन् । उक्त सहयोग रकम सीधै लेबनानी जनतालाई उपलब्ध गराइने जनाइको छ । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC