site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण संसद्का विषयगत समितिका बैठक प्रभावित
Ghorahi CementGhorahi Cement

काठमाडौं । सङ्‍घीय संसद् मातहतका विषयगत समितिका बैठक कोरोना सङ्‍क्रमणको जोखिमले प्रभावित हुने भएका छन् ।

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन  तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड-१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म १५ दिनलाई कुनै पनि समितिको बैठक नराख्‍ने आज समितिको बैठकमा जानकारी दिए ।

Agni Group

उनले भने, “कोभिड–१९ बाट जनता र देश आक्रान्त भएको अवस्थामा समितिका बैठक राख्नु ठीक हो कि होइन भन्ने प्रश्न उठेको र छलफलपछि सकेसम्म १५ दिन कुनै पनि समितिको बैठक नराख्ने भन्ने भएको  छ ।”

अबको १५ दिनको अवधिपछि सङ्क्रमणको अवस्था हेरेर त्यसपछिका बैठक पनि राख्ने वा नराख्ने बारेमा थप मूल्याङकन हुने बताउँदै सभापति बिँडारीले भने, “१५ दिनसम्म माननीयज्यूहरु पनि बडो होसियारीका साथ बस्नुहोला, सुरक्षित रूपमा आवतजावत गर्नुहोला, जिल्लामा जाँदा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, कसैसँग हात नमिलाउनेजस्ता नियम पालना गर्नुहोला ।”

Global Ime bank

कतिपय समितिका बैठक सञ्चालनका लागि भौतिक पूर्वाधारका संरचनाको अभावमा भौतिक र सामाजिक दूरी कायम गर्न असजिलो अवस्था छ । यद्यपि अब आउने हिँउदे अधिवेशनका निम्ति थुप्रै विधेयक तयार गर्नुपर्ने भएको र विधेयक समितिमा अलपत्र परेको हुँदा विधायन व्यवस्थापन समितिको बैठकलाई भने नियमित गर्ने कि भन्ने प्रश्न उठेको थियो ।

तथापि  विषयवस्तु र आवश्यकताका आधारमा अत्यन्त जरुरी भएको खण्डमा जोखिमप्रति सजग रहने, भौतिक र सामाजिक दूरी कायम गर्ने, सङ्क्रमण हुन नदिने सबै उपाय अवलम्बन गरी कमभन्दा कम मानिस बोलाएर स-साना सङ्ख्यामा उपसमिति सञ्चालन गर्न भने सकिने जानकारी दिइएको छ । 

उक्त आधारमा बैठक राख्ने वा नराख्ने अधिकार समिति सभापतिलाई दिइएको पनि बिँडारीले सदस्यहरुलाई जानकारी दिए । प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र संयुक्त सदन मातहत दुई वटा विषयगत समिति छन् । -रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC