site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमणमुक्त भएका ३५ प्रतिशतमा ३ सातासम्म श्वासप्रश्‍वास समस्या : अध्ययन 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपालमा कोरोना संक्रमण निको भएको लामो समयसम्म पनि लक्षण देखिएको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषदले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले संक्रमणमुक्त भएका व्यक्तिहरुलाई तीन सातासम्म समस्या हुने देखाएको हो ।

परिषदले सातै प्रदेशमा कोरोना निको भएका १८ वर्षभन्दा माथिको उमेसमूहका ५५२ जनमा अध्ययन गरेको थियो । उनीहरुको शारीरिक, मानसिक र सामाजिक अवस्थाको स्थितिको अध्ययन गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सहभागीमध्ये ८९.१ प्रतिशतमा कोरोनाको सामान्य लक्षण देखिएको छ तर १०.९ प्रतिशतमा रुघाखोकी लाग्‍ने, चिसो महसुस हुने, गन्ध, स्वाद थाहा नहुने लक्षण पाइएको परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले जानकारी दिए । 

यसैगरी ३५ प्रतिशत बिरामीहरुमा निको भएको दुईदेखि तीन सातासम्म पनि रुघाखोकी, थकान र श्वासप्रश्वासमा समस्या देखिएको अध्ययनमा भेटिएको उनले बताए । 

Global Ime bank

अध्ययनमा सहभागीमध्ये ७० प्रतिशत दीर्घरोगी भएको देखिन्छ । जसमा सबैभन्दा मधुमेह, मुटुसम्बन्धी रोगहरु, दमका रोगहरु, श्वासप्रश्वासको रोग र एचआईभीको बिरामी रहेको पाइएको परिषदले जनाएको छ । 

डा. ज्ञवालीका अनुसार कोरोना निको भएकाहरु सोही ५५२ जनामै मानसिक स्वास्थ्यमा गरिएको अध्ययनमा १५.१ प्रतिशतमा कोरोनाका बारेमा बारम्बार दिक्क लाग्‍ने  र अनावश्यक विचार आएको देखिएको छ । 

७.७ प्रतिशतमा आफूप्रति अरुको नकारात्मक विचार आएको पाइएको छ । २१.४ प्रतिशत कोरोना निको भएकाहरुमा कामको चिन्ता, १९.२ प्रतिशतमा घरको चिन्ता र २९.६ प्रतिशतमा बेरोजगारीले आर्थिक चिन्ता देखिएको परिषदले जनाएको छ ।

उनीहरुले कोरोना संक्रमण हुँदा आफूहरु आफन्तबाट कुनै स्‍नेह र माया नपाएको गुनासो गरेका थिए । ८४.३ प्रतिशतले सामाजिक भेदभाव  र दुर्व्यवहारका कारण मानसिक चिन्ता बढेको सहभागीले बताएको प्रतिवेदनमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC