वायर्न बराबरीमा रोकियो 

वायर्न बराबरीमा रोकियो 

काठमाडौं । साबिकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा वायर्नले वेर्डेरसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा वायर्नका लागि किङस्‌ले कोमानले गोल गरेका थिए । यता म्याक्सिलिलियन इजेस्टेनले गोल गरेका थिए ।

खेलको ४५औं मिनेटमा म्याक्सिमिलियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोल गर्दै अग्रता बनाएको पाहुना टोली वेर्डेरले अन्तिमसम्म अग्रता जोगाउन सकेन ।

६२औं मिनेटमा कोमानले वायर्नका लागि बराबरी गोल फर्काए । बराबरीसँगै लिगमा आठ खेल खेलेको वायर्नले १९ अंकसहित तालिकाको शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । यता वेर्डेर ११ अंकसहित तालिकाको नवौं स्थानमा छ । 

प्रतिकृया दिनुहोस
ad