site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युट्युब ट्रेन्डिङमा नम्बर १ मा छक्का पञ्जा–२’ को गीत, २ मा ‘ए मेरो हजुर–२’ को ट्रेलर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ को गीत ‘ए दाजु नसमाउ...’ सार्वजनिक भए लगत्तै यसको सवत्र चर्चा छ । पोखरा आसपसको क्षेत्रको भाकालाई फ्युजन गरेर निर्माण गरिएको गीत एकातिर सरल भाका र युवा पुस्ताको जीवनशैली चित्रण गरिएका कारण चार्चामा छ भने अर्कातर्फ यसको कम्पोज सर्जकको विना अनुमति प्रयोग गरिएको भन्ने पक्षले चार्चामा छ । गीत रिलज भएकै दिनदेखि युट्युब ट्रेन्डिङमा एक नम्बरमा छ । यो जुलाई २० मा रिलिज भएको गीत २३ तारिकको मध्यान्हसम्म सोढे १३ लाखले हेरिसकेका छन् । 

यद्यपी सुरुको दिनमा रहेको कम्पोजरको नाम अहिले परिवर्तन गरिएको छ । गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वरमा रहेको छ । प्रिन्स नेपाली र कान्छा मगर नेपालीको संगीत रहेको छ । सुरुमा कान्छा मगर नेपालीको ठाउँमा अल्मोडाको नाम थियो । चौतर्फी विवाद भएपछि अल्मोडाको नाम हटाइएको हो । गीतको शब्द प्रिन्स र दीपकराज गिरीले लेखेका हुन् । 

गीतको फिचरिङ्गमा जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का र वर्षा राउत छन् । निर्देशन दीपाश्री निरौलाले गरेकी छन् । 

Agni Group

असोज ११ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘छक्का पञ्जा–२’ मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ्ग, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लागायतका कलाकारले अभिनय गरेका छन् ।

Global Ime bank

यता, अहिले युट्युब ट्रेन्डिङमा नम्बर २ मा भने नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलर छ । जुलाई १२ मा सार्वजनिक भएको ट्रेलर २३ जुलाईको मध्यान्हसम्म साढे ६ लाख पटक हेरिएको छ । 

अभिनेत्री झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलरमा चलचित्रको मुख्य पात्र सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेमभावलाई देखाइएको छ । 
चलचित्रमा सलिन र साम्रगीसँगै वील्सन विक्रम राई, सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, लगायतको भूमिका छ ।

सुनिलकुमार थापाको ‘ए मेरो हजुर–२’ भदौ १६ गतेबाट प्रर्दशन हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC